~चन्द्र सिंग गुरुंग~
ए छोरा !
आज फेरी एक पटक
फेरी एक पटक
अढाई सय वर्षहरुको विगतबाट ठगीएको
यो पिडाग्रस्त वर्तमानमा
स्वर्गीम भविष्यको कल्पना गर्दै
मन हर्षित पार्न सकेकीे छैन ।
चैत-बैषाखको दन्किदो डढेलो माँद्म
ओंठका पाखाहरुमा
गुराँसको लाली पोत्न सकेकी छैन
दुई आँखाहरुको आकाशमा
अन्यौलको कालो बादल पन्छयाउँदैे
आसको घाम ुल्काउन सकेकी छैन र
ह्दयको अँजुलीमा
एउटा नौलो युगको स्वागतार्थ
सयपत्री फुल्ााउन पनि सकेकी छैन ।
आज फेरी एक पटक
फेरी एक पटक
एउटा सुनौलो बिहान हेर्न
शिर हिमाल ैं ढाडो पार्न सकेकीे छैन
आत्मविश्वासको एक हूल हावा हुल्दै
छातीलाई गर्वले फुलाउन सकेकी छैन र
रोगग्रस्त वर्तमानको यस घडी
आफूलाई पिडा मुक्त गर्न पनि सकेकी छैन ।
ए छोरा !
यहाँ-वहाँ च्ाारैतिर
ग्ार्दैछन् रंगीन कविता महोत्सवहरुमा
भारदारहरुले निरंकुशतन्त्रको जयजयकार
फुक्दै छन् भरौटे रेडियोहरुले
हिटलरहरुका रमाईला भजन र स्तुतीगान
देखाउँदै छन् नौकरवादी टेलिभीजनहरुमा
पोलपोटहरुका कुटिल मुस्कान र
छाप्दै छन् चाकर पत्र-पत्रिकाहरुले
ज्ाारहरुका धूर्त अनुहारहरुलाई ।
तर मलाई थाहा छ
अब चाँडै धेरै चाँडै
तिमीले मलाई यी कायरहरुको क्रूरताबाट मुक्त गर्ने छौ ।
होयी अन्धो रातहरुको भूलले
प्रत्येक बिहान
तिमी जस्तै
थुप्रोई-थुप्रोई सुनौला योद्वाहरु जन्माउने छन् र
यी योद्वाहरुले नै च्यातने छन्
यी अन्धो रातहरुको निरंकुश पर्दा ।
छोरा तिमी एक्लै छैनौ
ईतिहास कोर्न निस्केको यो यात्रामा तिमी एक्लै छैनौ ।
तिम्रो प्रत्येक कदमले
साहसको उच्च ;ण्डा बोक्दै
अहंकारको हिमाल कुल्चिने छ
तिम्रो प्रत्येक साँसले उग्रताको राँको बाल्दै
विद्रोहको एउटा तूफान ल्याउने छ र
तिम्रो प्रत्येक शब्दले िसंहनाद गर्जन गर्दै
अज्ञानको आकाश थर्काउने छ ।
अब चाँडै धेरै चाँडै
यी चालबाजहरुको चाल
ईतिहासको कठघरामा अभियुक्त घोषणा हुने छ र
म यी दासतावादीहरुको आतंकबाट मुक्त हुने छु ।
यी शकुनीहरुको धूर्ताई
ईतिहासको बगरमा पोल्ाीने छ र
दाहसंस्कारको शुभ कार्य पछि
म यी पशुहरुको निचताबाट मुक्त हुने छु ।
मेरा असंख्य छोराहरुले
यी तानाशाहीहरुको कुकर्मलाई
अन्तिम श्रद्वााजली अर्पण गरे पिछ
म यी राक्षसहरुको कायरताबाट मुक्त हुने छु ।
छोरा यस घडी
म पिडाबाट मुक्त हुन चाहन्छु ।
चन्द्र सिंग गुरुंग
गोर्खा हाल साउदी अरब
(स्रोत : INLS.Org)