बिवादित कुराहरु गरि चर्चामा अाईरहन्छिन पदमादेवी । पाँच दशक उमेरकी उनको व्यक्तिगत जीवन बारेमा उत्तिकै बिवादित कुराहरु थिए । कोहि अबिवाहित भन्थे कोहि लोग्ने संग छुट्टिएको । सत्य उनैलाई थाहा थियो । उनलाई कतै पुराना रंगकर्मी, कतै सामाजिक कार्यकर्ता, कतै पत्रकार र कतै राजनीतिक व्यक्तिका रुपमा चिनिन्छ । कुनैकाल खण्डमा उनको संलग्नता थियो पनि । उनको पछिल्लो काम भने अाफ्नै घरमा अनाथालय। यति बेला उनको सम्पर्क बिदेशी संग पनि छ । रंगकार्यक्रममा, सामाजिक, गैह्रसरकारी अादि कार्यक्रममा अतिथिको रुपमा बोलाउँछन् र त्यहाँ उनि विवादित अभिव्यक्ति दिएर चर्चामा अाई हाल्छिन । केहि महिना अघि उनले राजनीतिका एक चर्चित हस्तीको पन्ध्र बर्ष अघि अाफु सँग सम्बन्ध थियो भनेर अाफु चर्चामा अाईन र राजनितिज्ञको अनु छविमा चैं कालो पोतिदिईन । बिवादित अभिव्यक्ति दिनु राजनीति गर्दा अाफ्ना नेता बाटै सिकेकी थिईन ।
हालै तीज बहिस्कार गरौं भनेर चर्चामा अाईन । सम्पुर्ण नारी तीजको तयारीमा जुटेको बेलामा अाएको उनको यो अभिव्यक्तिले तरंग ल्यायो । उनको तर्कमा तीज महिलालाई दासी झैं दबाउन मनाईने चाड हो । दिनभरी भोको बसेको महिलालाई बेलुकी पतिको खुट्टाकोपानी खुवाउने चलन पुरुषवादी समाजले जानाजान चलाएको हो ।यद्दपी न कुनै पुरुष मेरो लागि ब्रत राख भनेका थिए न खुट्टा धुन नै । बहिष्कारका कुरा ब्लग र पेजमा लेखेकी उनको कुरामा केहि समर्थन पनि अाएको थियो । एफ एम रेडियोले अन्तर्वार्तामा बोलायो र केहि पत्रिकाले छोटो समाचार छापे ।
दर खाने दिन अाफुले संचालन गरेको अनाथलयकी सहयोगीले अनाथ केटाकेटीको चाहानालाई बुझेर दर पकाई दिईन ।पदमाले केहि अादर्श छाँटे पछि अाफुले पनि खाईवरी कोठामा लागिन । तीजको दिन अाफु बस्ने टोलको सबै महिला रातो साडीमा छड्के हरियो तिलहरी भिरेर पशुपतिनाथको मन्दिर अनि बिभिन्न ठाँउमा अायोजित कार्यक्रमहरुमा गई रहेको थिए । झ्याल बाट देखिन ।बहिस्कारको घोषणाले केही काम नगरेको प्रष्ट थियो। पदमाले कम्प्यूटरमा फेशबुक खोलिन तीजको शुभकामनाको अोईरो थियो । बाटोमा श्रृङगारिएरका महिलाहरुको ताँतीले उनलाई अस्थिर बनायो । ऐना अघि बुढ्यौली हुदै गएको अनुहारमा श्रृङ्गार गर्न थालिन , अनि ड्राईभरलाई गाडी ठिक पार्न भनिन । अरु महिला झैं रातो साडीमा हरियो पोते भिरेर उ पशुपति मन्दिर तिर लागिन । भोलि पल्ट पदमा देवीको अर्को बिवादित कुरा मिडियाले छाप्ने निश्चित थियो ।
September 7, 2013
कन्याम, ईलाम
अचेल मलेसिया
(स्रोत : Rajabiralyatri2.wordpress.com )