यो शहरको विशाल अनन्तता
बीचमा कतै हराएको छ
यी अग्ला अग्ला घरहरुबाट
आईरहेको छ नीर्जीव गन्ध
अब म तिमीलाई सम्झदैछु
कि लेख्दैछु फेरी अर्को कविता
किन सुनसान लाग्दैछन् भीडहरु ?
किन कोहि जीव भेटिदैनन् वसन्तपुर , असन , रत्नपार्कहरुमा ?
किन पार गर्न सकिरहेको छैन म यी निर्जन सडकहरु ?
आजकाल मेरा कामुक ओठहरु
कठ्याङ्ग्रीएका छन् कलेटी पर्दै
र यौवनको जंगलमा लागेको छ डढेँलो
उस्तै धमिलै छ
चस्माले देखाएको मेरो संसार
उस्तै अमूर्त छ मेरो मनमा तिम्रो नाम
कतै गएर बिलाउँछ मेरो आवाज
यो मौन शुन्यतामा
कतै गएर हराउँछ मेरो पुकार
तिमीसम्म नपुग्दै
निस्सीम फैलिएको यो आकाशमा
छन त छ यौटा घाम पनि
छन त छन् जुन , तारा र बादल पनि
तर खै !
म एक्लै छु
फेरी एक्लै छु यो विशाल अनन्ततामा
यो महाशुन्यतामा ।
(स्रोत : Arzose.blogspot.com )