नियत के थाहा भएन ! हत्केला बढाई रहेछौ !
जे छोयौ फोहोर बनायौ ! दुबिधा गराई रहेछौ !
आगोमा हिंडेको देख्दैछौ, पोलेर उफ्रेको हेर्दैछौ
नाचको भ्रम जगाएर, डबली बनाई रहेछौ !
नजीक आउछु भनेको, केबल बाहना रहेछ
टाढाको घामले जसरी, तरड्ग पठाई रहेछौ !
मनमा राखेको मान्छेले, मगज कजाई रहेछौ
धागोको पुतली सरह, औंलाले नचाई रहेछौ !
सर्वाङ छोएर हेरेको, कारण सताई रहेछौ
सम्झना बन्न सक्ने सबै, प्रमाण जलाई रहेछौ !
2010-06-02
(स्रोत : नेपाली गजल गुगल ग्रुप )