हेर हेर मनुवा अनिष्ठहुदै छ । कालकाष्ठ बहुरुपी गाउँमा घुस्यो ।
रातको मध्यन्हमा एक्कासी झाक्रीबाजे दोबाटोमा बसेर डम्फूबजाउदै थिए । उनको वरिपरी बुढापाका जस्ता मानिसहरु घेराहालेर फलाक्दै बसेका थिए । रातको चकमन्न अध्यारोमा मधुरो दीयोको उज्यालोमा को को थिए ठम्याउन मुस्किल पथ्र्यो । उनीहरु भन्दै थिए – हेर परमेश्वर माने सिकिस्त छ तल्ला घरे साने र पारी डाडाघरे बुधुने एक एक दिनको फरकमा खसीसके । गाँउमा विघ्न भयो के भएको हो साँचो साँचो दुधको दुध पानीको पानी गरी बताइ देऊ ।ु झाक्री बाजे जोड जोडले चिच्याउदै भन्दै थिए – हेर मनुवा मैले भनेको गरेनौ भने अझ धेरैको ज्यान जादैछ । कालो बोका लोकल भालेपरेवाको अण्डा कालो धजा गरी तिन दिन भित्र वली चडाउनु ।
रातीको झाक्री बाजेले धेरैको ज्यान जादैछ भनेपछि गाउँ बासीमा त्रास फैलियो । भने अनुसारको बोका कुखुरा जोरजाम गर्न लागे गाउँले । दोवाटोमै लगेर बोका कुखुरा काटीयो । कालो धजा ढुंगामा बाधियो । अव कालकाष्ठ गाउँबाट भाग्छ भन्ने बिश्वास थियो तर माने लगाएत गाउँम्ा थुप्रैजना विरामी हुदै गए । के वालबालिका के बुढा पाका सवै सोत्तर पर्न थाले । कतीको त ज्यान पनि गयो । झाक्री बाजे भने डम्फू बजाउदै सवै विरामीलाई अक्षता मन्तरीर हिर्काउदै थिए ।
एकदिन झक्रीबाजे पनि बिरामी परे । अब त झन गाउँमा सन्नटा नै भयो । गाउँ बासीमा धर्यताको सिमा भाचियो । बलिया बाङ्गा गाउँछोडेर भाग्नुको सिवाय केही रहेन । यो हल्ला राजधानी सम्म पुग्यो । डाक्टरहरुको समुह अनुसन्धानको लागी त्यस गाँउमा खटिए । बिरामीहरुलाई दवाई पानी गराउदै रोगको अनुसन्धान शुरु भयो ।
ब्ास्तविक के रहेछ भने त्यस गाउँमा फोहोर र दुर्गन्ध असाध्यै रहेछ । चर्पीको ब्यवस्था थिएन । बाटोको दुवै साइडमा दिसा पिसावको डङगुर थुप्रोका थुप्रो देखिन्थ्यो । मानीसहरु विहान उठेर लाइनबद्ध बाटोमा पाइखाना थर्दथे । मरेसडेगलेका जनावर बस्तुहरु यत्र तत्र फ्याकिएको अवस्था थियो । बानी नपरेकालाई त साझो नाकले सास फर्न सकिदैनथ्यो । फोहोरको प्रकोपले गाउँमा हैजा फैलिएको डाक्टरहरुको ठहर भयो ।
उपचार पछि माने लगाएत झाक्री बाजे सवै निको हुदै गए । झाक्री बाजे एक दिन फेरि दिनमै डम्फू बजाएर चिच्याएको सुनियो । त्यस दिन भने झाक्री बाजेले क’ेनै बोका कुखुराको बली मागेनन । वलीको बदलामा सवैगाउँले हरुलाई फोहोरको कारणले हैजा जस्तो रोग फैलिने हुदा सवै मिलेर आजै बाट सरसफाई गर्न लगाएका रहेछन । सवैको सामु आफ्नो डम्फूमा आगो लगाए र मानेसगंग चर्पी बनाउने अभियान शुरु गरौ।भन्दै आफूले विगतमा भए गरेका अन्धविश्वासी गल्ती प्रति माफी मागे । डाक्टरहरु लगाएत सवैजना छक्क परे । झकि्रको कि्रया कलापबाट सवैमा चतना फेलिएको महसुस भयो । झाक्रीलाई पनि आफू नमरी स्वर्ग देखिदैन भने जस्तो भयो ॥
सुनवल ६ विसासय नवलपरासी
(स्रोत : रचनाकारको फेस्बुकबाट सभार । )