कथा : कोरा सपनाहरु

~दलबहादुर गुरुङ~Dal Bahadur Gurung_Db Gurung

हो ! मैले अन्तिममा कलेज त्याग्ने निर्णय गरें । सहरको प्रतिष्ठित कलेज मैले त्यसरी त्याग्न पर्ला भनेर सोंचेको पनि थिएन । कलेज छोडेपछि म अहिले गाउँमा छु । खेतीकिसानी गरेर बसेको छु । मेरो दुर्गम गाउँमा नगदेवाली उत्पादन गरेर जीविकोपार्जन गरेको छु । परिवारका साथमा छु । खुसी छु ।
अव केका लागि र किन म दुखी हुनु प¥यो र ? जसका लागि म दुखी हुन पर्ने थियो उ नै खुसी भएपछि मैले मात्र पीर गरेर किन बस्नु प¥यो र ?
जीवन अप्रत्याशित र एक्कासीको यात्रा रहेछ । मैले यही बुझें । जीवनमा धेरै कुरा अभ्यास र ब्यवहारले सिक्दै गइदो रहेछ । आज पनि सिक्दैछु । जीवन सिकाई र भोगाई रहेछ अनि भोगाई र सिकाई पनि ।
हो ! अञ्जली मैले तिमीबाट यति धेरै माया र विश्वास पाएको थिएँ बयान गरी सक्दिन अक्षर र शब्दहरुमा । तर अञ्जली तिमीबाट यत्ति छिटै घृणा र अविश्वास पाउँला भन्ने पनि थिएन तर के गर्नु ? जे सोचिन्छ त्यो हुन्न जे हुन्छ त्यो सोच्न गाहे हुँदो रहेछ ।
आज म यस्तो यात्री भएँ जहाँ संगै यात्रा गर्ने बाटो र वरपीपलले चिन्दैन मलाई । न चिन्दछ आफ्नै छाँया र प्रतिछाँयाले पनि । अञ्जानमा तय गरेको गन्तब्यको विरानो यात्री जस्तै भएको छु । न्यास्रोपनाले अंगाल्न खोज्दछ तर म सधैं खुसीको पहाड बोकेर हिंड्न आतुर छ ु ।
जव तिमीले मलाई मेरै कोठामा आएर भन्यौ दलबहादुर म अव विदेश पढ्न जान्छु । तिमीले गरेको कुरा विश्वास गर्न सकिन । तिमीले एकोहोरो विदेशको कुरा गरि रह्यौ तर मैले सुन्न समेत सकिन । तिमी मेरो कोठाबाट कतिवेला हिड्यौ मलाई त्यो कुराको हेक्का समेत भएन ।
गाउँको निम्न वर्गीय परिवारको सदस्य थिएँ म । मेरा आमाबाले मलाई पसिनाका धारा बगाएर म्याग्दीको दर्गम गाउँ राम्चेबाट पढ्न पठाएका थिए । मेरो पहिलो उद्देश्य राम्रो अंक ल्याएर आइएस्सी पास गर्नु थियो । त्यही सोंच र सपना बोकेर
म बुटवल झरेको थिएँ । तिमी र म बुटवलको नामी कलेजमा पढेका थियौं । कक्षा ११ मा हामीले राम्रो अंक ल्याएर उत्तीर्ण पनि भएका थियौं । मेरो भन्दा अंक तिम्रो अझ् राम्रो थियो । तिमी सहरको अंग्रेजी माध्यममा पढेको कारण तिमीलाई पढ्न र बुझ्न सहज थियो तर म गाउँको सरकारी विद्यालयबाट पास भएको विद्यार्थी भएपनि तिम्रो संगत र सहयोगले मैले पनि सोंचे जति प्रगति गरेकै थिएँ ।
अञ्जली कै घरमा कोठा लिएर बस्ने गरको थिएँ । अञ्जली र मैले गृहकार्य संगै मिलेर गथ्यौं । मध्यरातसम्म एकै ठाउँ बसेर पढ्थ्यौं तर कहिले हामीले एक अर्कामा फरकपना भेटेनौं । नराम्रो दृष्टिले हेरेनौं । कहिले काँही क्यान्टिनमा संगै चिया पिउँदा तिमीले मलाई झुक्काएर हेथ्र्यौ । आँखा जुध्थे । तर केही बोल्थेनौं । मलाई थाहा थियो हामी विचको दरार । म कहाँको गाउँले निमुखा केटो । तिमी कहाँ धनाढ्य दम्पत्तिका एक्ली छोरी । न तिमीसंग मेरो वर्ग मिल्थ्यो,न वर्ण मिल्थ्यो,न जातभात ?
थाहा छ मलाई अञ्जली तिमीमा निर्दोष भावनाहरु थिए । तिमीमा विश्वास गर्ने विश्वासिलोपना थियो । मैले तिमीलाई कहिल्यै कुनै कुराको प्रस्ताव गरिन अनि न तिमीले कहिल्यै ?
बुटवलको फुलवारी,हिलपार्क,शंकरनगरको वनबाटिका,लुम्बिनी,पाकरीको रुख र सिद्धबाबाको मन्दिर हाम्रा घृुम्ने थलो थिए ।
थाहा छैन अञ्जली हाम्रा चार आँखा दुई कहिले भए अनि दुई मुटु एक । तैपनि हामीमा हुर्केको अघोषित मायाप्रेमको विरुवामा हामीले नै मलजल गरेका थियौं । तिम्री आमाले हामीलाई कहिल्यै शंकाको आँखाले हेरिनन् । तिम्रा प्रदेशिएका बाबाले हाम्रा अघोषित प्रेमका बारे सुन्ने कुरै भएन । जान्ने कुरै भएन ।
थाहा छ तिमीले मेरो काखमा शिर राखेर मलाई एकोहोरो हेर्दै अर्मूत प्रेमलाई इशाराले ब्यक्त गरेको । कलेजमा हुने विदा पछिल्ला समयमा हामीले यसरी नै माथि उल्लेखित स्थानहरुमा घुमेर वितायौं । तर अञ्जली न तिमीले न मैले कहिले पनि प्रेमको बारे कुनै शब्दहरु ओकल्यौं ।
तर अञ्जली तिमीले एक्कासी पढ्न विदेश जाने भनेपछि तिम्रो र मेरो बोलचाल कम भयो । वसाइ उठाइ पनि कम हुँदै गयो । घुम्ने काम त ठप्प भयो । मैले तिमीलाई यहीं पढौं । यहाँका कलेज पनि स्तरीय छन् भने हजारौं पटक भनें तर तिमीले मानिनौं । बाबाले जसरी नि पढ्न आउनु भनेर भन्नु भाछ मात्र भनिरह्यौ । तिम्रो यो कुरा सुनेपछि मेरो मनमा आगोको ज्वाला दन्क्यो । कति रात म जाग्राम बसें । कति दिन म भोकै सुतें । आखिर तिमी जाने नै भएपछि मेरो केही लागेन । तिमीले मलाई काठमाण्डौं एयरपोर्टसम्म छोड्न भनेकी थियौ तर मैले विसञ्चोको कारण देखाएर तिमीसंग जान इच्छुक भइन । खासमा मसंग काठमाण्डौंसम्म पुग्ने र फर्किने पैसा पनि थिएन ।
तिमी गयौ । हिंड्नेवेला तिम्रो मुख हेर्न समेत सकिन मैले । विदाईका हात हल्लाउन समेत सकिन । मेरो मनको दीयो मारेर जाने तिमीलाई तिम्रो मनको दीयो बालि राखे भनेर भन्न पनि सकिन ।
तिमी हिंडेकै विहान म पनि मेरै गाउँ फर्के । किन र कस्का लागि पढुँ ? जहाँ तिम्रो भावनासंग खेल्न पाउँदिन,जहाँ तिम्रो न्यानो स्पर्श पाउँदिन अनि तिम्रो निर्दोष अनुहार देख्न पाउँदिन भने केका र किन यो झुट् सहरमा ओइलिएको साग झैंै वस्ने भनेर मैले कलेज त्याग्ने निर्णय गरें ।
हो ! अञ्जली कसका लागि पढ्ने मैले ? कोसंग बसेर पढ्ने मैले ? कसरी सक्छु तिमीसंगै घुमेको डुलेको विर्सिन ? मलाई यिनै कुरा र दृश्यहरुले सताइरह्यो
कसरी सक्छु यी मेरा औलाहरु चुमेको विर्सिन ? कसरी भूल्न सक्छु सिद्धबाबा मन्दिरमा हाम्रो प्रेम सफल होस् भनेर कामना गर्दै परेवा उडाएको विर्सिन ? हो यी सबै परिदृष्यहरु मेरा आँखाहरुमा ओझेल पर्न सकेनन र म गाउँ फर्के ।
तिमीले मलाई मेल गरिरहेकी थियौं । एक्कसी तिमीले फेसबुकमा आफ्नो जीवन साथी बनाउन लायक केटो भनेर संगै अंगालो मारेको फोटो र स्टाटस राखेकी थियौ ।
मेरो दुर्गम गाउँमा महाविर पुन दाइको देन तारविहिन नेटको प्रयोगले मलाई तिमीबाट टाढा बनायो सधैंलाई । कारण म त तिम्रो लागि पहिल्यै नै पन्छि सकेको थिएँ तैपनि मनको कुनोमा भएको मायाले कतै तिमी फेरि आउछेउकी भन्ने प्रतीक्षाको घडी पनि टरेर गयो ।
अञ्जली म त आज पनि तरकारी र अन्नवालीबाट प्रशन्न छु । मैले यसैमा पसिना पोखेको छु । परिश्रम घोप्टाएको छु । तर अञ्जली बोडी जस्तै झुण्डिएका मेरा सपनाहरु र फर्सि जस्तै गुल्टिएका मेरा आवश्यकताका अगि म नतमस्तक छु ।
तिमीलाई आफ्नो बनाउने कोरा सपनाहरु,भावनाहरुमा बिर्को लागे । नयाँ वर्ष आउँदा तिम्रो यादले सताउँछ । तिमीले छोडेर गएको नयाँ वर्षमा म एक्लै हाँस्न सकिन । र त पीडाबोधका साथ तिमीलाई सम्झि रहेको छु ।

(स्रोत : फेस्कुकको “कथा चौतारी” ग्रुप )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.