राजधानी काठमाण्डौको शंखरापुर नगरपालिका वडा नं. १४ को एउटा एउटी बालिका देखिइन्, बुढीआमैका साथमा, बेलुकीको तीन बज्न लागेका बेला ।
यस बेला बालिका घरैमा ! भनेर मलाई अलि आश्चर्य लाग्यो अनि मैले बालिकाको छेउमा गएर सोधे–‘तिम्रो नाउँ के हो नानु ?’
‘आकंक्षा थापा’–बालिकाले उत्तर दिइन ।
‘कतिमा पढ्छ्यौ ?’–मैले प्रश्न थपें ।
‘एक कक्षामा’–बालिकाको उत्तर ।
‘आज तिम्रो स्कूल बिदा छ र !’–मेरो थप जिज्ञासा ।
छैन ।
अनि आज तिमी किन स्कूल नगएकी त ?
बालिकाका उत्तर दिन नपाउँदै उनीसँग उभिएकी बृद्धाले उत्तर दिइन –‘आज मामा घर आएकी हुनाले स्कूल नगएकी ।’
बालिकाकी हजुआमाका मुखबाट घटना छुपाउँन खोज्दा खोज्दै बालिकाका मुखबाट भनें बालसुलभ उत्तर आइ हाल्यो ‘ममी मिन्स हुनुभएकाले ।’
हरे ! राजधानी ।
जुरोपानी-४, झापा
हाल: काठमाडौँ |
(स्रोत : फेस्कुकको “कथा चौतारी” ग्रुप )