~संजय आचार्य~
परु्यारलाग्दो भजनहरुमा रुमल्लिएको इतिहास
गरीबहरुका श्रम र पसिनाहरुमा डुबे पिन
यसभित्र अर्कै धून बजेको छ
क्रुर स्वार्थी र धुर्तहरुलाई पुरुषार्थी देखांउदा
अिन
महल भित्रका खुशीहरु
हाम्रा इतिहासका पानाहरुमा छरपष्ट भएर पोखिरुदा
अतीत माथि नै अन्याय भएको छ
शायद
हाम्रा खलनायकहरुले
नायकको भूमिकामा आंफूलाई देखेपिछ
इतिहास
लाटो धुम्म परेको र अर्मूत बनेको छ
यसका निर्माणकर्ताहरु
पींधबाट उछिरिुएर पाखा लागेका छनइतिहास आज फेिर
बर्षाैदेखि मन्द गतिमा
फोहर पानी लिएर बगेको खोला भएको छ
घरि घरि कलाबिहीन नाटक गर्दै
एउटै गोरेटोमा फनफनी घुमाएका छनआफूलाई होनहार पात्र मान्नेहरुले
यी कालखण्डहरुमा
कांगडा र देउथलका युद्धहरुमा
कतिका िसंदूरहरु पखालिए नानीहरु टुहुरा बने
दूधे बालकहरुको प्राण पखेरु उड्यो
तर इतिहासले यिनीहरुमाथि न्याय गरेन
कहिल्यै टुहुराहरुको गीत गाएन
बिधवाहरुको कबिता लेखेन
खािल
मानव चेतनामा धमिरा लागेकाहरुले
फोहर र धमिलो पोखरीहरुमा पौडिरहेको
दृश्यमात्रै भट्यायो
गौरबमय अतीत र सुनौलो भबिश्यको दोसांधमा
नैतिक प्रकाशबिहीन दुष्टहरुको प्रहारबाट
कालो मध्यरातमा
फेिर
बर्तमान रोकिएर रोएको छ
इतिहासको यो निरीहरुप किन हो खै मनपर्न छोडेकॊ छ
मेरो बिन्ति छ
यसलाई उठाउन खोज्ने सिर्जनशील हातहरु
चेतनशील मन
अब अलिकति कठोर बनेर आऊ ।
संजय आचार्य
चुंदी रम्घा तनहूं
हाल साप्पोरो जापान
९असार २०६२ साप्पोरो जापान
(स्रोत : INLS.Org)