यो हातले त्यो सिउंदो भर्न पाए मजा हुन्थ्यो ।
त्यै केशमा झुन्डिएर मर्न पाए मजा हुन्थ्यो ।
खोला पारि पुगेपछि छुटिनु त छदै छ नि ,
खोला तर्दा हात समाइ तर्न पाए मजा हुन्थ्यो ।
के भरोसा भबिश्यको हजूर कता म कता –
मन भरिका कुरा आजै गर्न पाए मजा हुन्थ्यो ।
सबै संग सबै नाता तोडेर भएपनि ,
हजूरको दिलमा डेरा सर्नपाए मजा हुन्थ्यो ।
गुलाफ पनि बिझाउंला कोमल ति पाउमा
जताततै सयपत्री फूल छर्नपाए मजा हुन्थ्यो ।
July 13th, 2005
चहल सयपत्री, हालः दोहा कतार ।
(स्रोत : Hknepal.com )