~गोबिन्द रसिक~
मायाअन्तै साटिछ बैगुनीले।
बिनासित्तै ढाटिछ बैगुनीले।
ओहिलीई झरेछ किन भन्थेरु
फेदैमा पो काटिछ बैगुनीले।
अजम्बरी तिम्लाई साथ भन्थी,
कस्तो डोरी बाटिछ बैगुनीले।
फाली मन यता त्यो नाता उता,
कसरी लौ गासिछ बैगुनीले।
मेरै थियो फुल त माला कस्को ,
गलामा नै टासिछ बैगुनीले।
माया अन्तै साटिछ बैगुनीले।
बिनासित्तै ढाटिछ बैगुनीले।
रचना : गोबिन्द रसिक
सँगीत : मदन गोपाल
2010-05-18
(स्रोत : नेपाली गजल गुगल ग्रुप )