न त वार भो, न त पार भो।
न त जीत भो, न त हार भो।
कहाँ सुनायेँ,कथा जीवन,
न त पुरा भो, न त सार भो।
श्वास फेरुँ कि,रोकी म हेरुँ ,
न त धुँवा भो, न त खार भो।
शब्द छ एकै , जे लेखे पनि,
न त दुई भो, न त चार भो।
माया छ आज,टाढा जो भयो,
न त कम भो, न त भार भो।
कविता लेख्यो,गजल लेख्यो,
न त कवि भो,न त ‘कार भो।
जन्मस्थान-पोखरा
स्थाई घर -नुवाकोट,चतुराले
अस्थायी -काठमान्डु
हाल,
चिकित्साशास्त्र
एम बि बि यस चौथो बर्ष
जिप्मेर मेडिकल कलेज
पन्डिचेरी
2010-06-02
(स्रोत : नेपाली गजल गुगल ग्रुप )