कथा : गायत्री

~महादेव अधिकारी~ Mahadev Adhikari

‘दाइ नमस्कार,सञ्चै हुनुहुन्छ’ अपरिचित जस्ती तर परिचित जस्तीपनि ती वहिनी दश औला जोडेर मेरो सामु खडा थिईन्।मेरा आँखाले उनलाई घोचिरहे। सिउदोमा रातो सिन्दूर, नाक कान गहनाले झाटिएका रातो किनारा भरेको सारीमा रातै व्लाउज ।

मैले असमन्जसमा परेरै नमस्कार फर्काएँ।सैनिक अभिलेखालयमा अचानक भेटिएकी ती वहिनीलाई मुस्किलले ठम्याएर सोधे’गायत्री हौ?’ ‘हजुर दाइ म त्यहि गायत्री हूँ जसले हजुरको प्रेरणा सल्लाह र साहश पाएर आज वैधव्यको भारी बिसाएर साध्वी जीवन जिउन आँट गर्न सकेकी छ।’ भावात्मक आवेगमा मेरा नयनहरूमा हर्षाश्रु टिलपिलाए। तिनको साथमा एक युवक र बूढीआमा पनि थिए।युवक युयुत्सु थियो मेरो साथी ययाती को भाइ हामीहरु चमेना गृहतिर गयौँ।

काठमाण्डौँमा जाडो पलाई सकेको थियो।मलिना सूर्यका कीरण अल्छीपाराले जमिनमा फिजारिएका थिए।ती बूढीआमाका निम्जा आँखाले मलाई कुल्चीरहेका थिए।
गायत्रीले बूढीआमालाई देखाउदै भनिन ‘उहाँ मेरी सासूआमा’। मैले नमस्कार गरे। आमाले मलाई सोधिन् ‘बाबुलाई त मैले चिन्न सकिननी’ मैले भने ‘आमा म ययाती को साथी कृष्णकान्त हूँ’।त्यति सुन्ने बित्तिकै आमाको मातृवात्सल्यता छचल्किएर हिउँनदीबनेर परेलीका डिलबाट हाम्फाल्न थाले। आमाले ययातीलाई सम्झन पुगिन्।’भगवानले पनि राम्रो मान्छेलाई चाँडै उठाउदा रहेछन् बाबु सानो छदापनि कहिले च्याहाँ गरेर रोएन बरू यसलाई युयुत्सुलाई देखाउदै भुईमा राख्नै हुदैन्थ्यो।सबैका लागि आँखाको नानी थियो ऊँ।त्यो घटना हुदा बाबु कहाँ थियौनी?।

मैले भने ‘त्यो दिन पनि हामीसंगै थियौ आमा! हामी दुबैजना छुट्टिबाट फर्केकै दिन अन्यकेहि साथीहरुसंगै आछामको मंगलसेनमा खटिएर गयौँ।हल्ला चलेको थियो मंगलसेनमा आक्रमण गर्नको लागि भनेर दशौहजारको संख्यामा बिद्रोहीहरु आएर रामारोशन र माष्टमाण्डवतिर रातारात राँगा भैसीहरू काटेर भोजखाएर लडाइँको अन्तिम तयारीमा थिए।त्यसैले थप फौजको रूपमा हामी त्यहाँ खटिएका थियौँ।
त्यहाँ पुगेर हेर्दा एकातिर ठूलोभीर, तल कैलाश खोला, नजिकै मंगलसेन बजार प्रहरी कार्यालय र कारागार,माथि कच्चीशडक, समानन्तर रेखामा पारीपट्टि नेपालका प्रथम नाटककार पहलमानसिँह स्वारको गाउँ वयलपाटा छर्लङ्ग देखिन्थ्यो।त्यहाँको मनोरम दृष्यले सबै कुराहरु बिर्साईदिएको थियो।
ययाती भन्थ्यो विवाह गरेको भोलीपल्टै हिँड्नुपरेकोले अहिले म गायत्रीको अनुहार पनि याद गर्न सकेको छैना कल्पनाकी परी बनेकी छन्।

म उसलाई सम्झाउँथेँ ‘विपत्तिमा धैर्य, वैरभावमा दया र संकटमा सहनशिलता भयो भने जीवन सजिलो बन्छ। परिस्थितिलाई स्वीकारेर सरलता र लचकता अपनाउनु पर्छ’भनेर।
हामीहरू रातभर नसुतिकन ड्यूटी गर्दथ्यौँ। अधिकृतहरुपनि नसुतिकन घुमिरहन्थे। कृष्णपक्षकारात र रामारोशनतिर बाक्लो हिउँ परेकोले हाम्रो बंकरमा पनि हिउँ बुर्बुरी झरी रहेको थियो।’ मैले त्यसोभन्दा ती आमा बच्चाले बत्तिमा हेरे जस्तै एकटकले हेरिरहेकी थिईन्।

चमेनाको पैसा तिरेर म कार्यालयभित्र गएँ।पट्टामा फोटो टासेर ल्याप्चे लगाएपछि मेरो त्यो दिनको काम सकियो।गायत्रीको पनि दर्ताको काम भयो।गायत्रीको अनुरोधलाई नकार्न नसकेर हामीहरु भद्रकालीबाट पैदल हिँडेर सुनधारागयौँ र पूजा लजमा तीन बेडको कोठा लियौँ।म गायत्रीको रुप ,लावण्ड्य, आभूषण, भेषभूषा, वोली र भाग्यलाई नियालीरहेको थिएँ।
त्यो भाइ युयुत्सु जसले मेरो सानो सुझावलाई स्वीकार गरेर समाजमालाई अग्रगति दिएको थियो।नयाँ पिढीलाई हिँड्न सजिलो हुने गरि बाटो बनाई दिएको थियो।
गाउँको शान्तवातावरणमा जीवन गुजारेकी आमालाई काठमाण्डौँको त्यो धुवा, धुलो र कोलाहलपूर्ण प्रदुषणले बिरामी जस्तो बनाएको थियो।
युयुत्सु र गायत्री एउटै बेडमा बसेका थिए, म र आमा छुट्टाछुट्टै बेडमा बसेका थियौँ।गायत्री वत्तिको उज्यालोमा रम्भा र रश्मी जस्ती देखिएकी थिई।कीराहरु ट्यूबलाईटमा झुम्मीरहेका थिए माउसुली चुपचाप तिनको शिकार गरीरहेको थियो।
गायत्रीका ओठ चले। ‘दाइ त्यसदिनको लडाइँको बारेमा केहिँकुरा सुनाउनुन।’ तर आमाले भनिन् ‘ भो बाबु म मा सुन्ने हिम्मत छैन।’ तर फेरी युयुत्सुले भन्यो ‘ होईन आमा अब दाइसंग फेरी भेट होला नहोला जानीराखे पछि हामीलाई पनि अरूलाई सुनाउन सजिलो हुन्छ।’

‘सदाझै त्यसदिन पनि डिउटीभएकाहरू पेरीमीटरमा तयारीमा थिए।बाँकी कोही आगो तापेर बसेका थिए त कोहि चारबजे उठ्नको लागि सुति सकेका थिए।बिहान चारबजेपछि आक्रमण हुने सम्भावना कम भएकोले थोरै जवानसरुमात्र राती सुत्दथे र चारबजे उठेर ड्यूटी गर्दथे।
नयाँ ठाउँ हुनाले भवनपनि बनेको थिएन।पाल टागेर पालमै बस्ने बंकरमा सुत्ने गर्दथ्यौँ। चारैतिर काँटेतार र बिलेट जस्तै धार भएका तार अनि माईनबमहरु लगाएर बिद्रोहीहरु आउन नसकुन भनि अबरोध खडा गरेका थियौँ। हामी कर्तव्यनिष्ठा भएर होसियारीका साथ बसिरहेका थियौँ।राईफलमा जडेको म्याग्जिन, चेक गरी हतियार कक गरेर तयारी गरी बाँकी जगेडा म्याग्जिन, गोली गठ्ठा, गृनेडबम सबै तयारी थिए।

कैलाशखोलाबाट बहेर आएको सिरेटोले बिरालाको नाक भएको थियो।आँखाबाट तरतरी आँसु र नाकबाट पानी बहेको थियो। राईफल समातेको हात काठ्ठिएर कट्कटी खाएको थियो। हावाबाट हिउँ र बरफ बुर्बुरी खसेको थियो। अँधेरोमा आँखाले नदेखिने हुँदा कानको भरपर्नुपर्ने थियो तर हिउँ बोकेको हुरीले सुसाएको आवाजले कान पनि बन्द थिए।
अचानक पालमा डढ्याम्म डढ्याम्म गरेर ठूलो आवाजमा दुईवटा बम पड्किएर डाँडा खोला हल्लाई दियो। पालमा सुत्ने व्यक्ति र हतियार ध्वस्त भए।हाम्रो मन हल्लीयो विवेक छचल्कियो होस हवास हावासंगै तरंगिएर गयो। हंशले ठाउँ छाड्यो। त्यो आवाजसंगसंगै माथि शडकमा आगाको ज्वाला देखिएर विलिन भयो।बिद्रोहीले त्यहिँबाट रकेट लन्चर बमको फाएर गरेका थिए।
कमाण्डपोष्टबाट आदेश आयो फायर….।त्यसपछि हामी सबैले आ-अफ्ना हतियारबाट अन्धाधुन्द फायर गर्यौँ।पानीको फोहोरा जस्तै दुबैतिरबाट गोलीका पर्रा छुटे।भटटटटटट भुटुटुटुटुटु ढ्याङ्ग ढ्याङ्ग ढ्याङ्ग ढ्याङ्ग डुङ्ग डुङ्ग डुङ्ग डुङ्ग ढ्वाङ्ग गरेर पड्केका आवाजले कान बन्द भए। ययाती र म एउटै बंकरमा थियौँ। मानव चित्कार पनि सुनियो। मलाई गोलीलाग्यो रगत रोकिदेओ मेडिकल बोलाओ भन्ने आवाज गुञ्जिई रहे तर जाने को?।
युद्ध बिजुलीको चम्काई जस्तै भएको थियो। त्यो मध्यरातमा भर्खरै पहाड निदाएको थियो, हावा निदाएर चल्न छाडेको थियो। खोला निदाएर सुसाउन छाडेको थियो। प्रकृतिले समेत थकाई मारेको समयमा भएको त्यो अचानक आक्रमणले हामीमा चट्याङ पार्यो। तलतिर बिद्रोहीहरू पनि कामरेड अमूक अमूकलाई गोली लाग्यो डोके टोली अगाडि बढेर घाईतेहरुलाई पछि हटाओ भनेको सुनिन्थ्यो। छापामारहरू सलहझै पसेर नजिक नजिक आई पुगेका थिए। करिब एक घण्टामा हाम्रो साथका गोलीगठ्ठा सकिन थाले। मैले नजिकै भएको माईन को स्वीच अन गरिदिएँ। झड्याम्म गरेर ठूलो आवाजका साथ माइनबम पड्कियो। केहि छापामारहरू त्यसैमा परे।म ट्रेञ्चबाट निस्केर दौडदै गएर गृनेडको बाकस बोकेर फर्कदै थिएँ। एउटा सकेटबम आएर मेरो हातमा पड्कियो मेरो एउटाहातका औलाहरु उछिट्टीएर कता पुगे कता।हातको डुडुलो मात्र बाँकी रह्यो। रगत रोकिएन र म जमिनमा सुतेर कुहिना टेकेर हातलाई टाउको भन्दा माथि पारे।
ययाती आत्तिदै ट्रेञ्चबाट निस्केर आयो र मलाई घिसारेर बंकरमा लानखोज्यो। मैले गृनेडको बाकस लिएर जा भने। उसले बाकस उठाउन निहुरेको थियो पछाडिबाट गोलीले छेडेर अगाडि छाती भत्काएर गयो।दाइ मलाईपनि गोली लाग्यो भनेर डङ्ग्रङ्ग मै माथि ढल्यो।
मैले एक हातले आफ्नो कपडा च्यातेर उसको रगत थमाउनखोजे।तर उसले मलाईनै थिचिराखेकोले असफल भएँ।हामी दुवै जना घर परिवार सम्झेर खुव रौयौँ, उसले सासले फुस्फुसाउदै अन्तिम कुरा भन्यो। दाजु म गायत्रीसंग एकरात पनि ….। ऊ हिमालको मूल जत्तिकै पवित्र छ दाजु। विहेको रात भान्छाखालमै निदाएँ घरभरि पाहुना थिए भोलीपल्ट हिँडीहाले दाजु तपाई बाँच्नु भयोभने त्यो एक चिम्टी कृतिम सिन्दूर पखालेर मेरो नाममा त्यो पूर्ण जवानी अर्पण नगर्नु भनि दिनुहोला म त अऽ ब आऽ ऽमा ….गा …ऽऽ य …ऽऽ त्री … भनेर प्राण छोड्यो। मैलेपनि बाँच्ने आशा मारी सकेको थिएँ।छापामारहरु पसि सकेका थिए।
ययातीको शबअररीदै आयो।हिउँले हामीलाई पुर्दै थियो। फ्याट्ट फुट्ट गोलीका आवाज सुनिदै थियो। रेडीयो अप्रेटरलाई मार्दै गरेको मैले देखे। गोली भन्दा खुर्पा खुकुरी का छ्याक्छ्याक् आवाज आएपछि हाम्रो हार भैसकेको संकेत भयो।गोली खर्च नगर कामरेड हो जिवित जतिलाई छप्काएर मार भन्ने आदेश सुने। म पनि ययातीको लाश मुनी मरेको अभिनय गर्दै थिएँ।मर्न कति गाह्रो थियो कसैले भनेन तर मरेको अभिनय गर्न जस्तो गारोकाम संसारमा आर्को लागेन मलाई।हल्लाहरु चलिरहेको थियो मलाई रक्त अल्पता हुदै गयोर सबै कुरा कता कता सपना जस्तो भयो त्यसपछि केहि थाहा भएन।
भोली पल्ट विहान कता कता हेलिकप्टरको आवाज सुनेजस्तो लागेर होस खुल्यो।पानी प्यासले आत जलेको रहेछ।पानी थिएन घस्रेर भान्छानेर पुगे थालमा भाँडा माझ्ने गरेको मैलो खरानी पानी रहेछ त्यहिँभए पनि पिउछुँ भनेर पशुले झै मुख गाड्न लागेको कसैले कृष्णकान्त भनेर पछाडिबाट बोलायो।ला छापामारले मेरो नामप्लेट पढेछ अब मार्छ भनेर फेरी लथ्रक्कै ज्यान छाडेर सास रोके। उसले म अनिल हो नेपालगञ्जबाट हेलिकप्टर लिएर आएका छौँ नडराउ अब केहि हुन्न किन यस्तो पानी खान लागेको भनेर काखमा लिएर आफ्नो तुम्लेटको पानी पिलायो मलाई साक्षात भगवान को दर्शन पाए जस्तो भयो। उसले मलाई बोकेर हेलिकप्टरमा लगेर राख्यो । हेलिकप्टरमा पाईलटहरुले कुरा गरे अनुसार म बाहेक सबै अधिकृत देखि जवानसम्मका व्यक्तिले विरगति प्राप्त गरिसकेका रहेछन जिबित भएकाहरुलाइ पनि काटेर र जिउदै जलाएर मारेकाले डढेका लाशका टुक्राहरु हेलीकप्टरमा हाल्दै थिए।
मलाई काठमाण्डौ लगेर उपचार गरेपछि ठीक भएर आफ्नै पल्टनमा फर्के पछि अफिसमा काम गर्न थाले त्यहिबेला गायत्री र युयुत्सुसंग भेट भयो आमा।’ त्यति भन्दै थिएँ ती बूढीआमाले ए मेरो बाबु … भन्दै डाको छोडेर मलाई अंगालो हालीन्।
हामी सबै रेयौँ गायत्रीले आँचलले आँखा र नाक पुछिन्। अनि एक छिन रोकिएर भन्न थालिन्।’हजुरले मलाई पुनर्विवाहको सल्लाह दिदा त्योपनि आफ्नै देवरसंग त्यो सुनेर शुरुमा मैले हजुरलाई कस्तो पागल मान्छे हो यो भन्ने सोचे।तर जति पछि भयो उति हजुरका वाणीहरु कानमा गुञ्जीई रहे।अविराले घरजम गर्नु पाप होईन पुण्य हो भन्ने हजुरको वाणी र यस बिषयमा धेरै समय लगाएर निधार खुम्चाएर सोच र निर्णय गर भनेको हुँदा जति पछि भयो उति हजुर पागलबाट असलमान्छे ,असलबाट ज्ञानीमान्छे ठान्न थाले। जव हिँड्ने वेलामा भन्नुभयो सरकारबाट प्राप्त रकम आफ्नो खातामा राखेर सदुपयोग गर्नु भनेर बसमा पनि त्यहि सोचिरहे।यो भगवानले होईन पुरुष शासकले चलाएको प्रथा हो भन्ने उपदेशनै मलाई सद्मार्ग लाग्यो तर उहाँ डराउनु भयो।
हजुरको सुझाव सुनाए निद्रा र डर जति बढायो उति बढ्दै जान्छ। आमूल परिवर्तनका लागि डरलाई हटाउनै पर्छ। अन्तमा उहाँले पनि पानीको भुल्का त होनी जीवन एउटा विलाउछ आर्को निस्कन्छ भनेर संसारको वृक्षको बिउ केबल स्त्री हो भने पवित्र नारीलाई स्वीकार्नु पाप होईन तर अर्जुनले कुन्तिको अनुमतिले द्रौपदी बाडे जस्तै म पनि माता पिताको स्वीकृति चाहन्छु भन्नु भयो।
शुरुमा त कुरा सुन्दैमा सबैले कान थुने। तर पेनशन पट्टा र सबै रकम मेरो नाममा भएपछि गाउँ समाज बसेर छलफल भयो बिरोधका गाली र समर्थनका ताली बराबर पाईयो।नौलोकाम गर्दा बिरोधको सामना त गर्नै पर्छ नत्र त गोल चक्रमै घुमीन्छ ईच्छालाई दबायो भने मन खरानी हुन्छ भनेर हजुरले सिकाएका कुराले सबैको मन जिते।
आखिरमा जुन आगोले पोलेको थियो त्यसैले डाहा मार्यो दाइ । वाई सि एल हरुले नै हाम्रो विवाह सम्पन्न गराई दिए। बिरोध गर्नेका मुखमा बन्दूक राखेर भएपनि चुप गराई दिए। मलाई त्यति बेला टाढाको देवता भन्दा नजिकको भूत कामलाग्ने रहेछ जस्तो लाग्यो दाइ।
त्यसैले अब अर्काकी पत्नी भै सकेपछि यो पेन्शन लिनु पापहो भनेर उहाँको दूधको भारा कटियोस भनेर पेन्शन आमाको नाममा नामसारी गर्न आएका दाइ शौभाग्यले हजुरसंगपनि भेट भयो’।
उनका त्यति कुरा सुनेपछि मैले भने ‘परिस्थितिले दिएको ज्ञानलाई स्वच्छ आत्माले स्वीकार गरेपछि माटोको घैला जस्तो जीवनले सिद्धि पाउछ वहिनी।त्यसैले त आत्मलाई दमन गर्नु पाप हो भनेको थिएँ।तिमीहरुको दाम्पत्य जीवनले सफलताको शिखर पार गरोस यहि मेरो शुभकामना छ।

महादेव अधिकारी
बूढानीलकण्ठ काठमाण्डौँ

(स्रोत : Kalpanabhabuk.blogspot.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.