कसैले केहि तारा झार्ने कुरा खास थिएन !
आज मैले टोलाउने गरेको आकास थिएन !
खोजिए पक्का भेटिनेथ्यो मेरो आकृति
ग्रहण मात्रै लागेको थियो, खग्रास थिएन !
रुबायो, दुखायो, मृत्यूको खबर सुनाएर
जलाई राखेको चित्तामा लास थिएन !
परदेशी हुन सक्दो रहेछ आफ्नै देशमा
खण्डहर बनेको आबासमा बास थिएन !
आफूसित मात्र गर्ने कुरा गरेछु, होसै भएन
तिमी सामुन्ने छौ भन्ने आभास थिएन !
2012-26-09
(स्रोत : नेपाली गजल गुगल ग्रुप )