****तिहार बिषेश गेडी****
१
आयो उर्लि तिहार, धाक रवाफ् जमाइ
पक्षपाती बनेर, जान्छ पीडा थमाइ l
ए बुनू ,
आउन्न म तिमी नरुनू ll
२
उड्छ मन हरर, संझि भैलो गाएको
सप्त रङ्गी टिका र, सयपत्री लाएको l
ए चेली,
कुर्लान बाटो बेली चमेली ।।
३
आफै गैन पोहोर, ऐले साहु मान्दैन
तिहारमा चेलीको, के महत्व जान्दैन l
रोएर,
बसिराछु आँशु पिएर ।।
४
आफ्नै पाखा पखेरो, खन्जोत् गर्छु गएर
बाँच्छु छाती फूलाई, स्वभिमानी भएर l
जाउँ है,
गरे फल्छ सून गाउँमै ।।
फणिन्द्र गिरी”शान्त”
5-11-2010
(स्रोत : रचनाकारको फेस्बुकबाट सभार । )