मिलनभन्दा अचेल,बिछोड गजबको।
जिन्दगानी घटाऊ,कि जोड गजबको।
छुट्या पनि होइन,मिल्या पनि होइन,
कहाँ जाने हजुर, यो मोड गजबको।
खेल्नु नै छ आखिर, खेल्ने तर कसरी,
जित अनि हारको, छ होड गजबको।
साँचै हाँस्न हँसाउन गार्है हुन्छ साथी,
भएपनि हातमा , करोड गजबको।
मिलनभन्दा अचेल,बिछोड गजबको।
जिन्दगानी घटाऊ,कि जोड गजबको।
जन्मस्थान-पोखरा
स्थाई घर -नुवाकोट,चतुराले
अस्थायी -काठमान्डु
हाल,
चिकित्साशास्त्र
एम बि बि यस चौथो बर्ष
जिप्मेर मेडिकल कलेज
पन्डिचेरी
2010-06-02
(स्रोत : नेपाली गजल गुगल ग्रुप )
Pingback: Poem | harithapa
धेरै राम्रो छ हजुर को गजल