~अम्बिका गिरी~
परदेशमा साइला दाइको नामै फेरिएछ
सुख सँग बस्थे यता उता कामै फेरिएछ
सधैं जसो चिसो हुने कस्तो ठाउँ होला
मनोरम यो दृष्य हेर्ने उता घामै फेरिएछ
धेरै कमाइ गर्ने आशामा बिदेशिएका थिए उनी
रुपैयालाई बिर्सिएर उनको दामै फेरिएछ
कैले यता कैले उता बस्ने ठेगाना छैन भन्थे
चिट्ठी लेखी पठाउँ भने उनको ठामै फेरिएछ
अम्बिका गिरी
भक्तपुर, हालः नेदरलेण्ड
2008-06-15
(स्रोत : नेपाली गजल गुगल ग्रुप )