~श्याम लामा~
देशभभक्ती छ भने मुटुमा शिर चढाउन सक्नुपर्छ
ज्यु ज्यान प्राण माटोको खातिर चढाउन सक्नुपर्छ
गर्छौ किन स्यालको रजाइ बाघको छालामा
उठेर आफ्नो स्वार्थबाट पिर चढाउन सक्नुपर्छ
सक्दैनौ भने बनाउन मादल बिगारछौ खैजडु किन
राष्ट्रप्रती खाएको कशम हाजिर चढाउन सक्नुपर्छ
आफ्नै धुरिमा लगाइ आगो बजाउछौ थपडी तिमी
परी आउँदा भाग्ने हैन शरीर चढाउन सक्नुपर्छ
फुकेर बिगुल लगाउछौ अगाडि बस्छौ पछाडि तिमी
बेला आउँदा आफ्नै छातीमा झिर चढाउन सक्नुपर्छ
श्याम लामा (घ्लान)
माझुवा,सिन्धुली
हाल: दोहा,कतार
2010-06-02
(स्रोत : नेपाली गजल गुगल ग्रुप )