राजाको छोरो राजकुमार
नेताको छोरो भविष्यको कर्णधार
जनताको छोरो न घर न वार ।
दार्जिलिड० देहरादून बेलायतमा
नेताका छोरा पढ्ने
सामथ्र्यहीन जनताका छोरा
नेताकै निम्ति लड्ने ।।
राजाको छोरो राजकुमार
नेताको छोरोलाई पढ्न पाउने अधिकार
जनताको छोरोलाई दुबै हातमा हतियार ।
शिक्षाको ज्योति तर विद्यालय अन्धकार
राजनीतिको अचानो माथी विद्यार्थीको संसार
गरीबीको रेखामुनी अझै लुक्छन् कस्तो डर
सरस्वती नै खोसेपछि विद्यार्थीलाई कस्को भर ?
राजाको छोरो राजकुमार
नेताको छोरो टाठोबाठो ठूल्ठूलै विचार
जनताको छोरोलाई बाघभालुको ओडार ।
शिक्षाको चेपैचेप राजनीतिको कांढेतार
चेपिएका विद्यार्थी कति गरुन् हारगुहार
राम राम जप्दैछन् एक हूल मानवअधिकार
पढ्नै नपाए थूईक्क, यो जूनी पनि धिक्कार ।।
राकेश कार्की
विन्डसर विश्वविद्यालय, क्यानाडा
(स्रोत : Pardesh.com)