~सन्देश आचार्य “भउते”~
मरेँ म, त सास खै कहाँ छ?
बाँचेँ सही सास खै कहाँ छ?
निल्न क्यै, नभिजाई आँशुले
मुट्ठि भर गास कै कहाँ छ?
नदेखी मुर्दा शन्तिले सुत्न
एकै रात बास खे कहाँ छ?
बिना बारुदको धुवाँ, सफा-
स्वच्छन्द आकाश कै कहाँ छ?
जे छ महलमै छ, झुप्रोमा-
खोज, मधुमास खे कहाँ छ?
विश्वास कस्को म गरुँ अब
रत्तिभर आश खै कहाँ छ?
जित्नेको घोडा न हो, सच्चा-
लौ, इतिहास खे कहाँ छ?
सन्देश आचार्य “भउते”
म्याकमास्टर बिश्वविद्यालय, क्यानाडा
(स्रोत : INLS.Org)
