~रमेश पौडेल~
हिउँ झैं सेताम्यै फूलेको छ
टाकुराभिर
चुम्न खोज्छन आरोहीहरु
त्यो हिमाल
शब्द शिविर बाट
चढ्न खोज्छन कविहरु
स्वर शिविर बाट
चढ्न खाज्छन् गायक गायीकाहरु
संगीत शिविरबाट
चढ्न खाज्छन् संगीतकारहरु
मोह छ सबैमा
त्यो हिमाल चढ्ने
कबिता लेख्दैन ऊ
कवि भन्दा सर्बत्र छ
गीत गाउँदैन ऊ
स्वर भन्दा सुरीलो छ
संगीत भर्दैन ऊ
नाद भन्दा सुमधुर छ
ऊ अर्थात
सिर्जनाको हिमाल
प्यास नमेटिने कहिल्यै
तिस्रनाको हिमाल
तनतनी पिउन खोज्छन्
सकी नसकी जिउन खोज्छन्
स्निग्ध हिमाल
जहाँ कुनै टाटो छैन
उसले नहिँडको बाटो छैन
उसले नछोएको माटो छैन
ऊ अर्थात
ढल्कँदो वयको किसोर हिमाल
हरेक हिउँदमा
थप्दै
फुल्न चाहान्छ ऊ
हिउँ फुल झैं
हिमाली पाखा भिर
बैंशालु आँखा भरि ।
June 21, 2006
(स्रोत : Bhab.wordpress.com )