–१–
धुन न हो आजकल बदलिन सक्छ गीतको
रंग न हो पल पल बदलिन सक्छ प्रितको
आश्चर्य मान्नु पर्ने कुरै नै के पो छ र यहाँ
मन न हो चञ्चल बदलिन सक्छ मितको ।
–२–
मेरो गुन बिर्से पनि तिमिलाई बैगुनी म भन्दिन
तिम्रो यादमा जग हँसाउन रातका राता म गन्दिन
मेरो साथ छोड्दा तिम्रो जीवन सुखमय बन्छ भने
म मा पूर्ण विश्वास गर, तिम्रो बैरी कदापी म बन्दिन ।
–३–
कि त दिन रात चाकडीमा धाउन जान्नु पर्छ
कि त आत्मादेखि लाज पचाउन जान्नु पर्छ
इमान्दारी, योग्यता गुण सबै बिर्सेर यहाँ त
गिद्धहरूको मुखमा मख्खन लगाउन जान्नु पर्छ ।
(स्रोत : Sunakhari.com )