पोलिएर सुन
छटपटाउँदै आगोमा
पानी पानीमा रुपान्तरित
आखिर कसैकोे सौन्दर्य बनेर
झकमक्क टल्कनुमा रहेछ भेद ।।
सहेर घाम, पानी, बतास
छटपटाउँदै मौसम र माटोमा
टुसा, पालुवा र फूलमा रुपान्तरित
आखिर आँखामा सौन्दर्य बनेर
कसैको सिउँदोमा सजिनुमा रहेछ भेद ।।
बगाएर आरुआफूनै रगत र ज्यान
छट्पटाउँदै देशको दीर्घ आगोमा
ज्ञात रु अज्ञात सहिदहरुमा रुपान्तरित
आखिर भविष्यको गौरब बनेर
इतिहास टल्काउनुमा रहेछ भेद ।।
खेतालाहरु
केही बाटो बनाउँदै छन्
बााटैबाटो
म रु
आकाश टाँग्न हिंडिरहेछु
चित्रकार रु
निलो रंग पोत्न आतुर छ
घाम रु
क्षितिज कुरेर बसेको छ
कहाँ गए अरु खेतालाहरु ?
गम्काउँदे माटो रमाउने
सपनी गोड्ने खेतालाहरु ।।
Madhu “Madhurya” ,
Mascow, Russia
(स्रोत : Pardesh.com)