~कपिल अधिकारी~
हिमाल देखाँए
मस्किएको,अग्लिएको,झल्किएको
उ दङग परयो म सँग
कि हिमालय मेरेै हो
हिमालय मैले उचाँएको हो
जलप लगाएको हो
मन्दिर, दरवार देखाँए
ललितकला , शिल्प र शिल्पी
अरनि देखि अमर चित्रकार सम्म
क्यामरा चलाइ रहयो
उ दङग परयो म सँग
कि यी सबै मैले बनाएको हँु
बुटटा कोरेको हँु
म नै अरनि हँु
हिमाल देखि तराइ सम्म
चुच्चे बुच्चे को बयान
सँस्कृति र चाड हरु
एकता मा अनेकता
अनेकता मा एकता
च।र जाति छत्तिस वर्ण
निलो रङ शान्तिको रङ
राम लक्षमण भातृत्व
सीताको ,रामको ,भृकटि कहानि
बुद्ध दर्शन
अहिंसा र शान्ति
जे देखे पनि दङग परयो
जे हेरे पनि दङग परयो
जे सुने पनि दङग परयो
उ पर्यटक म पथ पर्दशक
जाने जति भनँे
सुने जति भनँे
देखे जति भनँे
आफनै माटोको शुगन्ध न हो
अनन्त भनँे
उ हिमालमय भयो
उ अरनि मय भयो
उ नेपालमय भयो
उ नेपालीमय भयो
पटक पटक नेपाल आयपछि
चाारेै दिशा घुमे पछि
उ त म भन्दा बढि नेपाली भयो
म नागरिकता बोकेको नेपाली
दौरा सु रुवालले बेरिएको नेपाली
नेपाली हँु भन्ने नेपाली
म पनि उसले नागरिकता बोकेको
देशमा पुगेको छु
दोसो बिश्व युद्ध को पीडा को चिनो
बर्लिन कौ चर्च हैरेको छु
म पथ पर्दशक जस्ता तस्तै
उ पर्यटक रहैन
अब उ बोल्न थाल्यो
जङगे सालिक लाइ घुमेको मन पराएन
गंडकि, कोशि करनाली त्यसै बगेर खतम
अनि अनिकाल र टुकि बत्ति ?
उस्ले बिरोघ गरयो
चिन्ता ब्यत्त गरयो भोलिको
यी दशक अघि का कुरा
इतिहाश
आज बर्तमान
समाचार नै नेपालमय भएको छ
उ मलाइ देखाइ रहेछ मंगलसेन
म्याग्दी, भोजपुर ,कान्तिपुर
फुलुजा बुरुन्डी,रुवान्डा
गाजा हो कि काबुल
बम गोला ,रत्त भेल
उ मलाइ शोघि रहेछ
खै राम लक्षमण भातृत्व ?
खै बुद्ध दर्शन ?
अहिंसा र शान्ति
अनेकता मा एकता
खै त्यो नेपाल ?
मान चित्रमा देश छैन
उ मलाइ शोघि रहेछ
म मानचित्रमा घोरिइ रहेछु
नेपाल खोजि रहेछु
उ मलाइ देखाइ रहेछ
खरानिको हिमाल
लाशको पहाड
बारुदको मैदान
उर्लेको रगतको नदि
आँशु को कुण्ड
धुवाँको मुस्लो
सुकेका र आलो रगतका टाटा मात्र यत्रतत्र
खै पुण्य भूमी ?
देश नै छैन
नेपाल नै छैन
मान चित्रमा देशको खोजिमा छौं ।
कपिल अधिकारी
ताइपे ताइवान
१४।०४।२००४
Issue : 2004
(स्रोत : Pardesh.com)