~गीता सापकोटा~
नया“ विहानी आउला कि ?
कोइलाी गित गाउला कि ?
डा“फे मयुर नाच्ला कि ?
लेक बेशी हास्ला कि ?
पलछिन गर्दै बितेछन् महिना, दिन राति ,
नया“ वर्ष फेरि आएछ बोकेर पोल्टाभरि कोशली ।
अन्धकार हराउाला कि ?
भेदभाव मेटाउला कि ?
भोक शोक हटाउला कि ?
आ“शु पिर छुट्ला कि ?
कालो बादल फाटेर, जुन उदाएछ साथी,
नया“ वर्ष फेरि आएछ बोकेर पोल्टाभरि कोशली ।
पहाड गुरा“श फुल्ला कि ?
बेशी टा“की फुल्ला कि ?
खेतमा वाला झुल्लान कि ?
वारी फुल फुल्लान कि ?
नाङ्गा डाडामा हरियाली आएछ साची
नया“ वर्ष फेरि आएछ बोकेर पोल्टाभरि कोशली ।
युद्व, विनाश रुक्ला कि ?
घाउ रगत सुक्ला कि ?
रावण, कंश लुक्लान कि ?
सकुनी पाशा झुल्ला कि ?
सवै मिलिजुली उचालेछन् देश माथि माथि
नया“ वर्ष फेरि आएछ बोकेर पोल्टाभरि कोशली ।
तोप गोली रुक्ला कि ?
शान्ती गीत फुट्ला कि ?
नेपाल आ सज्ला कि ?
देशमा स्वर्ग झुक्ला कि ?
देउता पनि रमाउलान् नेपाली हुन पाउदा साथी
नया“ वर्ष फेरि आएछ बोकेर पोल्टाभरि कोशली ।
आमा खुशी होलिन कि ?
वावा शन्तोक मान्लान कि ?
दिदी बैनी दाजुभाई
हा“सी खुशी बाच्लान कि ?
हलाहल विष पिउन शिव फेरी आउनेछन् साथी
नया“ वर्ष फेरि आएछ बोकेर पोल्टाभरि कोशली ।
मेची काली गाउला कि ?
सगरमाथा हास्ला कि ?
गौरीको तपस्याले,
वरदान फेरी पाउला कि ?
लै वरिको भाकामा नेपाली फेरी नाच्नेछ साथी
नया“ वर्ष फेरि आएछ बोकेर पोल्टाभरि कोशली ।
नेपाली हात जुट्ला कि ?
विकाश मूल फुट्ला कि ?
धर्ती मुस्काउला कि ?
आकाश गुन्गुलाउला कि ?
शान्ती पाठ सुनाउन, बुद्व फेरी आउनेछन साथी
नया“ वर्ष फेरि आएछ बोकेर पोल्टाभरि कोशली ।
गीता सापकोटा
महानन्द मार्ग, विराटनगर
Issue : 2004
(स्रोत : Pardesh.com)