~शिशिर शर्मा~
एक्लै एक्लै बाँचेर के भो ?
दिन सके माया देऊ
आफैसँग साँचेर के भो ?
आऊ अब मन बाँधौँ
एक्लै एक्लै बाँचेर के भो ??
तिमीसित हात नमागूँ कि
अहिलेसम्म मागेर के भो ?
आऊ अब मन बाँधौँ
एक्लै एक्लै बाँचेर के भो ??
तिम्रो मन नै बैगुनी हो कि
देउता मात्र भाकेर के भो
आऊ अब मन बाँधौँ
एक्लै एक्लै बाँचेर के भो ??
Sishir Sharma ,
Kathmandu, Nepal
Issue : 2004
(स्रोत : Pardesh.com)