~उज्ज्वल जि. सि.~
हजूर हाम्रो हिंड्ने एकै छ बाटो सायद
छातीमा गरिबीको एकै छ खाटो सायद ।
भन्नेले किन भन्छन् दुई धारका हौं हामी
मृत्यूपछि बॉंचिने एकै छ माटो सायद ।
रगत नेपाली हो रोगन अनेक होला
मुटुमा छामी हेरे एकै छ तातो सायद ।
मेची र महाकाली नेपाल यो साझा हाम्रो
आ–आफ्नो पेवा भन्ने एकै छ फाटो सायद ।
फुल्छन् छत्तीस वर्ण यो धर्तीका चारैतिर
चारजात उम्रने एकै छ पाटो सायद ।
Ujwal G. C. ,
Nepal
Issue : 2004
(स्रोत : Pardesh.com)