जीवनले छाडे मृत्यु छँदैछ
जीतले छाडे हार त छँदैछ
त्यही मृत्यु र हारको गोरुले बैतर्नी तार्न नसके
देशको वर्तमान नरक त मसँग छँदैछ
म एक्लो छुइन
साथमा मेरो छायाँ छ
छायाँको मलाई माया छ
म एक्लो छुइन ….
सुखमा साथ दिनेहरु छन्
दुःखमा दःुख दिनेहरु छन्
दःुखमा आँसु साथी छ
हर्षमा हाँसो साथी छ
म एक्लो छुइन….
सपनीसँगै सुत्छु म
कल्पनासँगै नाच्छु म
आत्मविश्वासको छहरा छ
आप्mनै पसीनाको सहारा छ
म एक्लो छुइन….
नखोजे पनि सर्वत्र ब्यवधानहरु छन्
नहिँडे पनि पाइलामा पासाहरु छन्
छन् अन्त्यष्टी कुरेर रयाल चुहाउनेहरु
प्mयाँकेर राता आँखा मतिर त्यसै जल्नेहरु छन्
म एक्लो छु्इन….
जीवनले छाडे मृत्यु छँदैछ
जीतले छाडे हार त छँदैछ
त्यही मृत्यु र हारको गोरुले बैतर्नी तार्न नसके
देशको वर्तमान नरक त मसँग छँदैछ
म एक्लो छुइन….
बिर्से पनि तिमीले सँझना त छँदैछ
अविश्वास, धोका र घातहरुको १
नबिर्से पनि पीडा त छँदैछ
आँसुमा डुबाइएका भविष्यहरुको
म एक्लो छुइन…
यात्रामा पछ्याउने ू शुभकामनाहरु ू छन्
म बिरुद्धका सुन्दर दीवा स्वप्नहरु छन्
विपना मेरा झस्काइदिने
गोली भन्दा मीठा बोलीहरु छन्
म एक्लो छुइन….
सास छउन्जेल एक्लो नहुने आश छ
भीडको एकान्तमा मेरो बास छ
भोली मर्दा त्यसै छाडे पनि तिमीले
छाडने छैन मलाई आप्mनै छायाँले
म एक्लो छुइन….
साथमा आप्mनै छायाँ छ
छायाँको औधी माया छ
म एक्लो छुइन….।
Madhu “Madhurya” ,
Mascow, Russia
Issue : 2004
(स्रोत : Pardesh.com)