~प्रवेष पौडेल~
धारो देख्दा पानी खोन्छु आखा तानी तानी
बाबा मलाई भन्दिनुन खोई धारामा पानी
के को दुलो यहाबाट खै के झर्छ कैले
जति जान्न खोज्दा पनि थाह पाइन मैले ।
तिर्खा लाग्यो घाटी सुक्यो एक अजुली पानी
पिउन देउन मेरी आमा सुक्यो जिन्दगानी
धेरै ठूलो माग छैन मेरो माग पुड्को
धाराबाट पानी आए पिउँथे एक घुड्को ।
ठूलो बन्ने ज्ञानी बन्ने कुरा गए कता
डुल्दाडुल्दै कलिलैमा थाकिसके म ता
कसोगरी सपार्नु हो बिग्रिएको बानी
जलश्रोतको धनी देशमा मागी हिड्छौ पानी ।
(प्रवेष पौडेल, कक्षा ९, नोवेल एकेडेमी, काठमाडौं)
Volume III, Issue : Jun, 2003
(स्रोत : Pardesh.com)