सिमलको भुवाभैंm
कता कता माथि माथि उड्ने
कता कता अथाह हराउने
अनिश्चित स्वप्नहरुको स्पर्शमा
हिजोआज बित्ने गरेका छन्
चिसा ओछ्यानका रातहरु
चाहनाको ज्वारभाटा उठेर मात्र के हुन्छ र खै ?
चिसो रातको परिवेशमा
सुख लुकाउने एउटा गतिलो सुरुड. छैन
दुःख छोप्ने दुईवटा सुन्दर पर्वतहरु छैनन्
झरिलो ओंठ बिसाउने हृदयग्राही चौतारी छैन
दुःखको सहारामा दुखी बाँचेभैंm
सुखको नाममा
कोरा कल्पनालाई अंकमाल गरेर बस्नुछ
अनपेक्षित पाहुनाभैंm
किन आउँछ होला चिसो रात
सिमलको भुवाभैंm उड्र हराइदिए हुन्थ्यो
चिसा ओछ्यानका टिठलाग्दा रातहरु
आज पनि कालो रात छ, चिसो ओछ्यान छ
न सुरुड., पर्वत र चौतारी छन्
कसलाई चाहियो यहाँ बिराना रातहरु ?
चिसोमा जलेर खरानी हुने चाहनाहरु
शून्यता चुमेर फर्कने चिसा रातहरु ।।
Madhu “Madhurya” ,
Mascow, Russia
Issue : 2003
(स्रोत : Pardesh.com)