पुस्तक समीक्षा : अध्यात्म–यात्राको अन्तरावर्तमा

~होमनाथ सुबेदी~Homnath Subedi2

‘अध्यात्म–यात्रा’ एक कविता संग्रह हो । यसका लेखक अनन्त गोपाल रिसाल हुन् । अनन्तगोपाल एक कम्प्युटर विज्ञानका विद्यार्थी हुन् । कम्प्युटर विषयका एक विद्वान् यसरी शास्त्रीय छन्दमा कुशल शिल्पी हुन सक्छन् भन्ने कुरामा मलाई विश्वास थिएन तर यो काव्य पढेपछि लाग्यो अभ्यासले जे पनि गर्न सक्छ मान्छेले ।

यो काव्यमा नौवटा सर्ग छन्, कविता ३६ वटा शीर्षकमा छन् । यो काव्य शास्त्रीय छन्दको समुचित उपयोग, जीवनोन्मुखी वेदान्त दर्शन र विंब विधानमा अतिशय कल्पना प्रयोगको त्रिवेणी हो ।

छन्द प्रयोग
अध्यात्म यात्रामा जम्मा १३ वटा छन्द प्रयोग भएका छन् । ती हुन्ः अनुष्टुप्, तोटक, भुजङ्गप्रयात, वसन्ततिलका, इन्द्रवज्रा, उपजाति, मालिनी, अपरान्तिका, पञ्चचामर, वंशस्थ, शिखरिणी, शार्दूलविक्रीटित, मन्दाक्रान्ता । यी शास्त्रीय छन्द बाहेक केही लोकलयको पनि प्रयोग गरिएको छ । अमेरिकामा बसेर लेखिएको काव्यमा पनि शास्त्रीय छन्दको कुशल शील्प देखिएकाले छन्द प्रयोगका दृष्टिले यो काव्यको मूल्य छुट्टै छ ।

शार्दूलविक्रीडित
नेपाली साहित्यका आदि कवि भानुभक्त आचार्यको ‘एक् दिन् नारद सत्यलोक् पुगिगया’ नै लोकगीत जस्तै भएको यो शास्त्रीय छन्द शार्दूलविक्रीडितलाई कविले आफ्नो सबभन्दा ठूलो हतियार बनाएका छन् । शार्दूलविक्रीडितको भाकामा गीत गाएको मैले नेपालमा त सुनेको थिएँ । तर अमेरिकामा पनि विज्ञानका अध्येताहरु पनि शार्दूलविक्रीडितको भाकामा गीत गाउछन् भन्ने कुरा त मैले कहिल्यै कल्पनासंम पनि गर्न सकेको थिइन । यो छन्द प्रयोगमा शार्दूलविक्रीडितको शास्त्रीयताको भारभन्दा पचेको लोक गीत गाएको अनुभव पाठकलाई हुन्छ । यसको एक नमुनाः
मोती, भानु र लेखनाथ कविमा दृष्टान्त लक्ष्मी भए ।
ज्ञानी, भक्त, सती उमा, जनकजी, सीता स्वधर्मी थिए ।।
पृथ्वी, भक्ति अँशु, बुद्ध, सबले निष्कामताले लडे ।
आमाकै ममता सदा हृदयमा, आँटे न सक्ने छ के ?
–युवा

म स ज स त त ग
क्क्क् क्ष्क्ष्क् क्ष्क्क्ष् क्ष्क्ष्क् क्क्क्ष् क्क्क्ष् क्
उत्त कविता १९ अक्षरी हो । शार्दूलविक्रीडितमा हुनुपर्ने ‘म, स, ज, स, त, त, गण अनि गुरु’ पनि सुनियोजित छन् । लोकगीत जस्तो सरल लय भएर पनि शास्त्रीयताको कसीमा कस्दा खरो उत्रनु अर्को अजीवको कुरा हो ।

शिखरिणी
परिष्कारवादी नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व कविशिरोमणी लेखनाथको परमप्रिय छन्द शिखरिणीलाई पनि उतिकै सफलतासाथ यसमा प्रयोग गरिएको छ । तरुण तपसी नै पढे जस्तो लाग्छ ।
म प्यारो श्रद्धाको, सजल जल हँु, चञ्चल तन ।
न छन् केही इच्छा, तर पनि कतै फुर्सत मन ।।
सुबुद्धि कच्चै छन्, रहर छ घना, बाल लहरी ।
छ खोजी,बेरोजी,नव पवन यो बालक चरी ।।
–बालक चरी
१७ अक्षरी हो शिखरिणी यसमा १७ अक्षर छन् । य, म, न स, भ गण अनि लघु गुरु भै ६ मा यति हुनुपर्छ । त्यो पनि य, म, न, स, भ, गण अनि लघु गुरु सबै यथास्थानमा प्रयोग छ । छैटौमा राख्नुपर्ने यतिको पनि ध्यान दिइएको छ । शिखरिणी छन्दको प्रयोगमा कुनै कमी छैन ।

अनुष्टुप
परम्परागत लेखनमा अनुष्टुप दुई हरफमा लेखिन्छ तर ‘अध्यात्म–यात्रा’मा अनुष्टुपलाई लामा छन्द जस्तै गरी चार हरफ एकै ठाउँमा राखिएको छ । जस्तैः
त्यो मौका पाउँदा भोगी,अरुको घर फोर्दछ ।
मौका पायो कि योगीले सचिदानन्द जोर्दछ ।
गुणीको गुण नै शक्ति विश्वलाई सिँगार्दछ ।
शक्ति पाएपछि पापी सबलाई पछार्दछ ।
अनुष्टुप छन्दका भेद धेरै भए पनि आठ अक्षरी पाउको अनुष्टुपलाई नै यहाँ प्रयोग गरिएको छ । पाचौँ अक्षर सबै पाउमा लघु छ, छैटौ अक्षर गुरु छ सबै पाउमा, अनि विषम पाउको सातौँ अक्षर गुरु र सम पाउको सातौ अक्षर लघु छ । सालाखाला अनुष्टुप छन्दको नियम पनि यही हो र यसलाई अध्यात्म यात्राले सफलतापूर्वक प्रयोग गरेको छ । पाउको पहिलो अक्षर छोडेर न स गण बिचमा आएर खल्लो पारेको पनि अनुष्टुपमा छैन । यी कविता अनुष्टुप छन्दमा निर्वाध, निर्दोष कुदिँएका छन् ।
यहाँनेर आइपुगेपछि मलाई लाग्छः खास गरी समुद्रपारका पाठकहरुलाई पाठ्य सामग्रीको अभावले पनि गणको कुरा बुझ्न अति गाह्रो हुन सक्छ । त्यसैले गणबारे सूक्ष्म प्रकाश पार्नु असान्दर्भिक न होला ।
यो ९क्ष्०लघुबोधक चिन्ह हो । अ, इ, उ, ऋ, यी चार र यिनीसित व्यञ्जन मिसिएका ह्रस्व वर्णलाई लघु भन्दछन् । यो ९क्० गुरुबोधक चिन्ह हो । आ, ई, उ, ऊ, ए, ऐ, ओ, औ, अम्, अः यी दीर्घ स्वर हुन् । यी गुरु हुन् र यिनीसित व्यञ्जन मिसिएका वर्णलाई पनि गुरु नै भन्दछन् । आधा व्यञ्जनको अगाडिको वर्ण स्वतः गुरु मानिन्छ । पाउको अन्तिम अक्षर लघु, गुरु दुवै हुन सक्छन् । जम्मा गण ८ वटा हुन्छन् । ती हुन्ः यगण, मगण, तगण, रगण, जगण, भगण, नगण, सगण । हरएक गणमा तीन तीनवटा वर्ण हुन्छन् । ती यहाँ यो ९क्ष्०लघुबोधक र यो ९क्० गुरुबोधक चिन्हले देखाइएको हो । ती ८वटा गण के के हुन् त भन्दा यो सूत्र लगाएर छुट््याउन सकिन्छः ‘यामाताराजभानसलगा ।’ यिनमा पहिला ८ गण हुन्, पछाडिका लघु अनि गुरु हुन् । माथिको सूत्रका १० अक्षरमा अगिल्लो अक्षरबाट एक एक अक्षर छोडेर ३,३ अक्षरको यो ९क्ष्०लघुबोधक र यो ९क्० गुरुबोधक चिन्ह लेखे पछि स्वतः ८ वटा गण हुन्छन् । जस्तोः
‘यामाताराजभानसलगा ।
य, म, त, र ज भ न स ल ग
क्ष्क्क् क्क्क् क्क्क्ष् क्क्ष्क् क्ष्क्क्ष् क्क्ष्क्ष् क्ष्क्ष्क्ष् क्ष्क्ष्क् ज्ञ क्
यति भए पछि पाठकलाई यिनै कविताको मूल्याङ्कन वा सिंहावलोकनको सन्दर्भ बुझ्न वा स्वयम् छन्दमा कविता सिर्जना गर्न पनि टेवा मिल्छ । अब फेरि अनन्तका छन्द व्यवस्थापनतिरै लागौं ।

इन्द्रवज्रा ः त त ज गु गु
क्क्क्ष् क्क्क्ष् क्क्ष्क् क् क् यी गण भएको इन्द्रवज्रा हुन्छ । यसको ५मा विश्राम हुन्छ । यो लक्षणमा मिल्ने कविताहरु पनि सफल छन् । एक नमुना ः
रित्तो छ सँसार हरेश खाएँ ।
आखिरमा भस्म खरानि लाएँ ।।
यो जादु माया मनको तमासा ।
यो भोग–भण्डार अनन्त आशा ।।

उपजाति ः
अनन्तका कविता उपजाति छन्दमा अत्यन्त मीठा छन् । यस छन्दमा इन्द्रवज्रा त त ज ग ग उपेन्द्रवज्राका ज त ज ग ग का एकएक पाउको समिश्रण भयो भने उपजाति हुन्छ । यसको ५मा विश्राम हुन्छ । यसै कविता संग्रहको यो कविताको गणको क्रम यस प्रकार छ ः
इच्छा रहेसम्म रहन्छ देह ।
त त ज ग ग
क्क्क्ष् क्क्क्ष् क्ष्क्क्ष् क् क् इन्द्रवज्रा
रहेछ संसार शरीर गेह ।।
ज त ज ग ग
क्क्ष्क् क्क्क्ष् क्क्ष्क् क् क् उपेन्द्रवज्राका
यो वासना, आश, विनाश पारी ।
त त ज ग ग
क्क्क्ष् क्क्क्ष् क्ष्क्क्ष् क् क् इन्द्रवज्रा
जाने सदा जीवित ब्रम्हचारी ।।
त त ज ग ग
क्क्क्ष् क्क्क्ष् क्ष्क्क्ष् क् क् इन्द्रवज्रा

पहिलो, तेश्रो र चौथो पाउमा इन्द्रवज्रा छ र दोश्रो पाउमा उपेन्द्रवज्रा छ । यसरी इन्द्रवज्रा र उपेन्द्रवज्राको मिश्रित पाउहरुले यो सुन्दर उपजाति छन्द बनेको छ । यो पनि ११ अक्षरी त्रिष्टुपभेदभित्रको छन्द प्रयोग हो । यसमा पनि काव्य स्पष्ट छ र निर्वाध लेखिएको छ ।

वसन्ततिलकाः
वसन्ततिलका नामैले यो श्रृङ्गारिक र प्रेम सन्दर्भमा प्रयोग हुने छन्द हो । यो त, भ, ज, ज, गण अनि गुरु गुरु भएको वसन्ततिलका हो । यसको ८ अक्षरमा विश्राम हुन्छ । १४ अक्षरको पाउ हुन्छ । अनन्तको यस छन्दको कविताको एक नमुनाः
हिंसा समस्त पशुको अब आजदेखि ।
छोडी दिए बुझन मानव झार्न सेखी ।।
खेती गरी अब त जीवन बित्न सक्ने ।
आँटे जुटे अब त के छ मिले न सक्ने ?
यो छन्दको लक्षण अनुसार अनन्तका कविता विज्ञानका विद्यार्थीले हैन कि एक पारङ्गत कविले लेखे जस्ता छन् । वसन्ततिलकालाई ‘उद्धर्षिणी’ र ‘सिंहलता’ पनि भन्दछन् । यो छन्दमा आठौ अक्षरको अन्तमा विश्राम भएको भए अझ उत्तम हुन्थ्यो । यो साधना हो । साधनाले एक दिन समाधिको शिखरमा पराउछ नै तर अभ्यासको नैरन्तर्यता नितान्त आवश्यक छ ।

पञ्चचामर
यो छन्दलाई ‘नाराच‘ पनि भन्दछन् । यो १६ अक्षर अष्टिभेदको छन्द हो । यसमा ८मा विश्राम हुन्छ । यसमा ज, र, ज, र, ज गण अनि गुरु हुन्छन् । यो लक्षणको कसीमा अनन्तका कवितालाई कस्दा खरा सुन उत्रन्छन् । यौटा उदाहरणः
पूनीत पर्व, यज्ञ यो, सनाथ सभ्यता मिले ।
ज र ज र ज गुरु
क्ष्क्क्ष् क्क्ष्क् क्ष्क्क्ष् क्क्ष्क् क्ष्क्क्ष् क्
अपूर्व योजना कहीं वयान विश्वको गरे ।।
अथाह सूक्ष्म दृष्टिमा विचार भो प्रकाशित ।
विसर्ग सर्ग धन्य हुन् सुवासना सुवासित ।।
–अनन्त कल्पना

अपरान्तिका
न र र ल ग
क्ष्क्ष्क्ष् क्क्ष्क् क्क्ष्क् क्ष् क्
मनुजता भए नव्य नाटिका ।
समझ सुन्दरी भव्य वाटिका ।।
सकल षोडसी दिव्य देहमा ।
चटक भूमरी सभ्य गेहमा ।।
–नेपाल महिमा
यो कविता ‘नेपाल महिमा’मा अनन्तले लेखेका छन् । यसको छन्द के हो भनेर अनुशीन गर्दा मलाई चेत आयो यो छन्दमा मै पनि सचेत रहेनछु –अनन्त कति माथि पुग्या त हँ! कसैले डाह गरेर हुने कुरा त हैन । प्रतिभा छ भने अभ्यास चाहिन्छ । कुरो त सजिलै हो तर चुरोटका नशालु चुरोट छोड्नै कहाँ सक्छौ र! त्यही त यो हो छन्द –अपरान्तिका । कसैले यसलाई ‘ककन’ र ‘ललित’ मञ्जरी पनि भन्छन् । अपरान्तिका नै ‘अपराजिता’ भो । जे भए पनि ११ अक्षरी त्रिष्टुपभित्र पर्ने यो अपरान्तिका छन्दको लक्षण हो – न र र गण अनि लघु गुरु भएको र ६मा विश्राम । यो कसीमा कस्दा माथिको कवितामा अनन्तको अपरान्तिका छन्दको प्रयोग सुनियोजित छ ।

तोटक
मलाई एकदम सजिलो लाग्ने छन्द हो – तोटक । यो अनन्तलाई पनि मन पर्दो रहेछ अन्यथा यसले यो काव्यमा स्थान नै किन पाउथ्यो र ! छन्दमा लेख्दैमा हुन्न, के लेखेको कुरो शास्त्र संमत छ ? यो एक परिक्षणीय विषय हो भने के त्यो छन्दमा भाव जस्ता तस्तै उत्रिएको छ ? यी दुवै दृष्टिले अनन्तको ‘पशुका पति कान्तिपुरी नगरी’ नामक कविताको एक अंश हेरौंः
स स स स
क्ष्क्ष्क् क्ष्क्ष्क् क्ष्क्ष्क् क्ष्क्ष्क्
बस शंकर हे हिम शैल शिर ।
स स स स
क्ष्क्ष्क् क्ष्क्ष्क् क्ष्क्ष्क् क्ष्क्ष्क्
सबको मन शीतल पार हर ।।
स स स स
क्ष्क्ष्क् क्ष्क्ष्क् क्ष्क्ष्क् क्ष्क्ष्क्
विष अमृतमा समभाव छरी ।
स स स स
क्ष्क्ष्क् क्ष्क्ष्क् क्ष्क्ष्क् क्ष्क्ष्क्
पशुका पति कान्तिपुरी नगरी ।।

१२ अक्षरी ‘स’ चार गणको तोटक हो । यसलाई गण अनुसार राखेर हेर्दा यो लक्षण अनुसार कविता कसिएको छ । ३,३ मा विश्राम भएको भए अझ उत्तम हुन्थ्यो । कस्ता कस्ताले त यसरी मिलाएर लेख्न सक्दैनन् भने एक विज्ञानका विद्यार्थी त्यो पनि अमेरिका जस्तो सातसमुद्रपार पुगेका मान्छेले यत्तिको जे जस्तो लेख्न सके त्यो नै धन्य हो । त्यसै पनि यो काव्यको छन्द प्रयोग स्तुत्य छ ।

मालिनी
१५ अक्षरी, न न म य य भएको मालिनी छन्द हुन्छ भनेर सातसमुद्र पार पनि आफ्नो धर्तीमा कतै पढे जस्तो लाग्छ मलाई । मेरा मूल्याङ्कनको कसी पनि यो सन्दर्भमा यही स्मृति नै हो । त्यसको आधारमा मैले अनन्तका कविता मालिनी छन्दमा पनि सफल प्रयोग भएको पाएँ । यो संग्रहको ‘हिम शिला’ नामक कविताको एक अंशः
न न म य य
क्ष्क्ष्क्ष् क्ष्क्ष्क्ष् क्क्क् क्ष्क्क् क्ष्क्क्
टलपल मृदुभाषा आंशु झारी रहेकी ।
क्ष्क्ष्क्ष् क्ष्क्ष्क्ष् क्क्क् क्ष्क्क् क्ष्क्क्
मनसंग म छु भन्दै आशमा अल्झिएकी ।।
क्ष्क्ष्क्ष् क्ष्क्ष्क्ष् क्क्क् क्ष्क्क् क्ष्क्क्
अचल चल शिलाको हैमको मालिनीले ।
क्ष्क्ष्क्ष् क्ष्क्ष्क्ष् क्क्क् क्ष्क्क् क्ष्क्क्
कसकन भनुँ आजै छोपिएँ चादनीले ।।
यस छन्दको नियम अनुसार न न म य य गणहरु ठीक छन् । यसमा १५ अक्षर हुनुपर्छ छन् पनि । यसको भावमा कुनै कमी आएको छैन । त्यसैले मालिनी छन्दमा यो परिष्कृत प्रयोग हो ।
भुजङ्गप्रयात
यो १२ अक्षरी, सर्पाकारको यो छन्दले कविताको राग घुमाउदा यौटा सच्चिदानन्द आनन्दको अनुभूति गराउछ । यो कविताको खुबी हो कि पाठक पढेर आल्हादित होऊन् । यस छन्दमा अनन्त यहाँ दर्शनको शनाखत गर्छन् । भुजङ्गप्रयातको एक नमुनाः
न तेरो न मेरो न राम्रो न राम्रो ।
न सानो न ठूलो कसैको न हाम्रो ।।
न साथी छ सँगी न कोही पराई ।
न बोलेर गर्ने सबैको भलाइ ।।
–अवधूत
उक्त पद्यमा य गण चार वटा छन्ः
य य य य
क्ष्क्क् क्ष्क्क् क्ष्क्क् क्ष्क्क्
न तेरो न मेरो न राम्रो न राम्रो ।
यसको छन्दमा कुनै त्रुटी छैन र भावमा सशक्तता पनि उतिकै छ ।

वंशस्थ
१२ अक्षरी छन्दहरु अनन्तका अनुकल छन्द हुन् । यसका उदाहरण तोटक र भुजङ्गप्रयात हुन् । वंशस्थमा पनि उनको कलम राम्रो चलेको छ । डा. विष्णुराज आत्रेयले आफ्नी छोरीलाई सानैमा बोलक्कड केटी बनाउनु र प्रा. शिवगोपाल रिसालले छोरा अनन्तलाई शास्त्रीय छन्दमा कविता लेख्न कुशल शिल्पी बनाउनु एकै–एकै प्रकारका प्राप्ति जस्तो लाग्यो । पछि त्यो सीप बालक, युवा र प्रौढ भएर कसरी प्रयोग गर्छन् त्यो छुट्टा–छुट्टै कुरा हो । अनन्तको वंशस्त छन्दको एक नमूना हेरौं ः
समानताका जन छन् समाजमा ।
विनाशको सम्भव छैन है ममा ।।
असार माया मनभित्र जोर्दछु ।
अकालको दर्शन चित्र कोर्दछु ।।
– हिमशिला
उक्त कवितामा ज त ज र गण छ । क्ष्क्क्ष् क्क्क्ष् क्ष्क्क्ष् क्क्ष्क् गण आ–आफ्ना स्थानमा बसेका छन् । पाँचौंमा विश्राम पनि छ । उक्त पाउमा ‘समानताका’ र ‘अनुसार माया’को उत्तम विश्राम जस्तो अरु पाउमा छैन तापनि यो वंशस्थ छन्द प्रयोगका दृष्टिले सफल कविता हो ।

मन्दाक्रान्ता ः
म भ न त त गु गु
क्क्क् क्क्ष्क्ष् क्ष्क्ष्क्ष् क्क्क्ष् क्क्क्ष् क् क्
भै ४, ६, ७ मा विश्राम हुन्छ ।
राष्ट्रकवि माधव घिमिरेको छन्द हो मन्दाक्रान्ता–
“झूमा मेरी अमर वयसी शैलकी देवदासी,
लोटेका छन् विपुल जसका पीठमा केशराशी” ।
घिमिरेका यी हरफहरुले मलाई कालीगण्डकीका उत्तरी भेगका ग्रयान्ड क्यानियनमा पुर्याउँछन् । छन्दको चमत्कार हो यो । अनन्तलाई पनि मन्दाक्रान्ता अति प्रिय छ । यस सन्दर्भमा घटराज भट्टराईको भूमिका याद आयो । अनन्तमा आशुकविका छनक छन् । अमेरिकाका माहौलले कता बगाउने हो त्यो त भविष्यले नै बताउला तर अनन्त ‘अध्यात्मयात्रा’मा त्यस्तै उच्चशिखरका यात्री नै प्रतीत हुन्छन् । अनन्तको मन्दाक्रान्ता छन्दको एउटा नमूना हेरौं ः
विद्या नै हो भुवनभरिको सार यो सृष्टिमाको ।
सेवा गर्ने अझ अघि पुगे शान यो सभ्यताको ।।
आभा ज्योत्स्ना स्वजग जनमा पर्न गो धन्य भन्ने ।
रक्षा गर्छिन अविरल गति जीवनी पूर्ण बन्ने ।।
– विद्या
मन्दाक्रान्तको लक्षण हो– म ९क्क्क्० भ ९क्क्ष्क्ष्० न ९क्ष्क्ष्क्ष्० त ९क्क्क्ष्० त ९क्क्क्ष्० गुरु ९क्० गुरु ९क्० गण भएको मन्दाक्रान्ता छन्द हुन्छ । यसमा ४, ६, ७ मा विश्राम हुन्छ । यसमा १७ अक्षरको पाउ हुन्छ । हो, अनन्तको माथिका कविता १७ अक्षरका पाउ छन् । न भ न त त गु गु गण पनि क्रमैसित छन् । ४, ६, ७ को विश्राम पनि मिलेकै छ । यसरी हेर्दा छन्दमा अनन्तको यो आध्यात्म यात्रा खरो उत्रन्छ ।

लोकछन्द ः
शास्त्रीय छन्दका कविता कुशल हुँदैमा अनन्तले लोकछन्दहरुलाई वेवास्ता गरेका छैनन् मात्र होइन लोकछन्दमा पनि उनी उत्तिकै पारंगत भएको कुरा उनको यो कविता ‘मेरो देश’ले पुष्टि गर्दछ । उदाहरण ः
गोरखा जिल्ला, पृथिवी किल्ला बढेर लम्कियो ।
‘नेपाल’ नाम जस्ताको तस्तै विश्वमा चम्कियो ।।
मुजुर नाचे सुँगा र डाँफे कोइली सुहायो ।
झ्याली र मादल, सनई बज्दा दःुख नै बिलायो ।।
अन्तमा, अनुष्टुप शास्त्रीय होस वा लोकलय ४–४ हरफमा कविता बनाउने अनन्तको प्रवृत्ति यहाँ अपराजित छ । यो एक प्रयोग हो ।
यौटै शीर्षकको कविताभित्र धेरै प्रकारका छन्दको प्रयोग छ । यदाकदा पढ्न अप्ठ्यारो लाग्छ । त्यो आफ्नो छन्दज्ञानको न्यूनताले पनि होला । यो एउटा नयाँ प्रयोग छ । जान्नेले लेखे । जे भए पनि प्रयोग भन्ने नजान्नेले लेखे त्यही गल्ती भन्ने चलन त यस्तै–यस्तै छ । तै पनि, हामीले यथार्थताको पक्ष लिनुपर्छ । सत्यको नाममा ज्यान दिन पनि त सकिन्न । असत्य कुरो कतै पोख्दै–नपोखी पिइरहन पनि त सकिन्न ।
कविताहरु सम्वादात्मक छन् । यस्तामा विविध छन्दप्रयोगले नवीनता र सजीवता पनि ल्याएका छन् ।
यहाँ दुई पाउका शिखरिणी छन्द पनि छन् । शार्दूलविक्रीडितका पनि केवल २ पाउका पद्यहरु पनि छन् (पृ. ४९) ।
अनन्तको ‘अध्यात्म–यात्रा’को छन्दको दृष्टिले साङ्गोपाङ्गो अध्ययन गरेपछि निष्कर्षमा यो भन्न सकिन्छः यो कविता–सङ्ग्रहमा अनन्त शास्त्रीय छन्दका कुशल प्रयोक्ताका रुपमा देखिएका छन् ।

वस्तु ः
प्रवासी स्वर
नेपालीहरु नेपालबाहिर गएर बस्ने गरेको आजदेखि होइन, कहिलेदेखि हो त्यो पनि कुनै निर्धारित मिति छैन । हामीलाई के मात्र थाहा छ भने हामी केटाकेटी हुँदा हाम्रा काका शिलाङ छन्, फूपाज्यू आसामतिर गएका हुन् कहिल्यै फर्किएनन्, हाम्रा मामा पाण्डेचेरीमा काम गर्दछन्, हाम्रा बाहुन बा वनारस पढ्न गएका उतै पढाएर बस्छन् अरे, नेपालीको यो विदेशिने परम्परा त पहिलेदेखि नै थियो । यो आज पनि हामी नेपाली नेपालबाहिर आइरहेछौं । यसको मूल कारण त काम र माम नै हो । जुनसुकै कारणले विदेशिएका भए पनि नेपालीहरु नेपाली कहिल्यै बिर्संदैनन् त्यो चेतनालाई कवि अनन्तले यो कविता–सङ्ग्रहमा उद्भूत गरेका छन् । आज अमेरिका बसिरहेको एक नेपाली नेपालको सम्झनाले तड्पिएर नेपाल नै फर्किने कामना गर्दै यो काव्यमा भन्छन् ः
आफू ब्रह्म विचारने मन गरी विज्ञान सिक्नै प¥यो ।
यो हो भौतिक सृष्टिको विरसिलो विस्वाद चाख्नै प¥यो ।।
रोकौं, भीड भयो, अहो नसकिने, वैरागको गर्जना ।
फर्कौं, सभ्य समाज हे ! गति दिने नेपाल आफ्नैपना ।।
– नेपाल आफ्नैपना
प्रवासमा नै बसेका कवि नेपालको सौन्दर्यवर्णनमा अति नै रमाउँछन् । यो तलको कविताले यी कविताको ‘देशप्रेम’को ओकालत गर्छन् ।
बाटा र घाटा, नदी र नाला यौ देश रमाइलो ।
हिउँका शिखर, तराई र फाँट घाम लाग्यो घमाइलो ।।
हिमालवारि, बादलपारि, मनाङ्ग, मुस्ताङ्ग ।
देखेर आफ्नै गाउँ र वेसी सधैं छु म दङ्ग ।।
– मेरो देश
अहिले हामी अमेरिका आयौं । यहाँ कुनै कुराको कमी छैन तर पितृभूमिको दूरी, अभाव त निरन्तर खट्किएकै छ भन्दै कवि लेख्छन् ः
आयौं वर्ष बित्यो, विशाल नगरी, आफ्नापना बिर्सियौं ।
आस्था छैन, चटक्क विस्मृत बनी अस्तित्व खै ? तर्सियौं ?
इच्छा पूर्ण भए, अझै रहिरहे, विस्थापना विश्वको ।
विद्या आर्जन गर्नुथ्यो सब गर्यौं जागीर भो मस्तको ।।
– नेपाल आफ्नैपना
अमेरिकाको कर्म र नेपाल आमाको काखमा द्वन्द्वका पूञ्जमा कवि अनन्त अनन्त रुपमा परिवेष्टित छन् । सर्ग ८ को ‘गो रक्षा’ कवितामा आमाबाट उनी भनाउँछन् ः
गल्ती मेरो भयो यौटा, मुख त्यो बार्न जान्दिन ।
जहाँ, जे जे मिली दिन्छ, भर त्यो पर्न सक्तिन ।।
त्यसमा कारणै यै छ छोराको कलिलो तन ।
सम्झन्छु हरिया घाँस, आमाको रसिलो मन ।।
घाँस खाए मिठो भन्छन्, दूध आउँछ रे मिठो ।
सोची ती भिरका घाँस, खानु के लौ भनी जुठो ।।
यी कविता मलाई सबभन्दा बढी मन पर्ने कविता हुन् । आजको नेपालीको बसाइ–सराइ नेपाल–प्रेमको बीच अन्तद्र्वन्द्वको धारबाट यो कविता सरिता बहन्छ ।

भाषा, कला र साहित्य ः
नेपालका लोकजीवन, लोकसाहित्य र भाषाको ममताले भरिएको छ कविको हृदय । त्यसैले त यो काव्य भाषा, कला र साहित्यको, काव्यको गरिमा गाउछ । त्यसको एक नमूना ः
साहित्य कस्तो ? के धनी छ र ? भन्लाउ बिर्सेर ।
गाउँलेले बोली, छन्द र ताल निस्कन्छ तौलेर ।।
कहिले कुन तालमा नाच्ने ? अनेक पाराले ।
मिलेको गीत गाउँछ मिठो सारङ्गी–तारले ।।
सारङ्गीतारले (पृ. २६)
– मेरो देश
यो सङ्ग्रहको अन्तमा कवि भाषाको नै महिमा दर्शाउन पुग्छन् ः एउटा नमूना–
गर्दा विदेशको यात्रा स्वदेश प्रेम, भावना ।
भुल्नु अवश्य है हुन्न, संस्कार, शान्ति चेतना ।।
धर्म, सँस्कृति, भाषादि, सकेसम्म प्रचारनू ।
अरुको गुण विज्ञान ल्याई राष्ट्र सुधारनू ।।
– सेवा

मातृप्र्रेम ः
कवि अनन्त केवल मातृभूमि र राष्ट्रको सम्झनाको स्वर मात्र स्वरित गर्दैनन् बरु अझै आमाको मुटुभित्र पसेर व्यक्तिगत मातृताको बखान गर्न पनि उनी कुशल छन् र त्यो वैयक्तिकतालाई सार्वजनिकीकरण, साधारणीकरण गरेर राष्ट्रमाताको प्रतिमूर्ति उपस्थित गराउन उनी सक्षम छन् यहाँ ः
‘आत्म निर्देशिका आमा, आधार जन्म–जन्मकी ।
बुझाई ब्रह्मको रुप भन्दछिन् ईश एक यी ।।
उमा ब्रह्मात्मिका वृत्ति नाम रुप अगोचर ।
ब्रह्ममा भेद पो के छ ? ब्रह्मभिन्न त को छ र ?
– आमा
आमासँग कवि उच्च आकांक्षा मनोभावनालाई प्रकट गर्दछन् जहाँ देशप्रेम र विदेशिन बाध्य हुुनुका विवशता प्रतिबिम्बित छन् ।
दायित्व मेरा के छन् है यहाँ रहुन्ज्याल देशैमा ।
नबितोस् आमा, जीवन मेरो जागिर पेशैमा ?
भनन आमा, भक्काने फुट्छ दिल यो बुच्चो छ ।
प्यार त तिम्रो पाएकै छु नि काल ता छुच्चो छ ।।
– आमासँग
‘युवा’ कविताले देशका युवकहरु उठे, चाहे जे पनि गर्न सक्छन् भनेर शंखध्वनि गर्छ ।

संस्कृति ः
अनन्त अनन्त संस्कृतिका कृतिहरुलाई एकीकृत गरेर नेपाली संस्कृतिको भवन खडा गर्छन् जसको गजुर पुञ्जीभूत स्वर ‘नेपाल’ नै हो । एउटा नमूना ः
अनाद नाद गुञ्जियोस् असीम शान्त सन्तमा ।
अनादि आदि कल्प छन् कि अन्त्यमा अनन्तमा ।।
विशुद्ध बुद्ध छन् जहाँ कि रामचन्द्र जानकी ।
बुनेर भानुभक्तले, जुहार मोतिरामकी ।।
– नेपाल महिमा
‘संवाद’ लामो कवितामा विदेशी र पुजारीको कुराकानी बनाएर सजिलो तरिकाले आफ्नो अगाध सँस्कृतिप्रेमको ज्वाला यहाँ दन्काएका छन् कविले ः
आर्य सँस्कृति, संस्कार हाम्रो धर्म सनातन ।
यो हो पूर्ण सदाकाल, हुन्न थप्न, घटाउन ।।
आजको मात्र यो हैन वेदमूलक सन्तमा ।
अनादि धर्मको सृष्टि, लीन हुन्छ अनन्तमा ।।
– संवाद ।

उपदेश ः
म त भन्छु यो पुस्तक ज्ञानको भण्डार हो । यहाँ उपदेश, मिति, धर्म र चरित्रका चतुर्भूज रुप छन् । सत्य, न्याय, धर्म र देशप्रेमप्रति कर्तव्यको उपदेश दिदै पाठकलाई लेख्छन् ः
नगर्नू कहिल्यै गल्ती नडर्नू न्याय साथ छ
वकालत म गर्ने छु निश्चिन्त सत्य जित्तछ ।।
नपाए साधुले न्याय, धर्मको मूल सुक्तछ ।
नरहे धर्मको स्थान, देश पाताल पुग्दछ ।।
– गोरक्षा
त्यस्तै ‘युवा’ कवितामा राष्ट्रिय विभूतिहरुको नाम लिदै उनीहरुको सौर्यको उदाहरण दिएर तिमीहामी सपूतले चाहे गर्न न सक्ने के छ भन्दै उपदेशात्मक रुपमा कवि लेख्छन् ः
मोती, भानु र लेखनाथ कविमा दृष्टान्त लक्ष्मी भए ।
ज्ञानी, भक्त, सती उमा, जनकजी, सीता स्वधर्मी थिए ।।
पृथ्वी, भक्ति र अंशु, बुद्ध, सबले निष्कामताले लडे ।
आमाकै ममता सदा हृदयमा, आँटे नसक्ने छ के ?
– युवा ।
दर्शन ः
कवि अनन्त अस्तित्ववादी हुन् र काफ्का, कामू र सात्र्रतिर होइन, यो काव्यको स्वर अस्तित्ववादी, वेदान्तदर्शनसित गाँसिएको छ । उनी यहाँ ‘सर्वोहम्’का प्रवक्ता बन्दछन् ः
म बुद्ध हुँ, म शुद्ध हुँ, अखण्ड ज्ञान दीप्त हुँ ।
म दिव्य हुँ, म भव्य हुँ उदार त्याग तृप्त हुँ ।।
म ब्रह्म हुँ, प्रकाश हुँ म देवदेवी ईश हुँ ।
म कृष्ण हुँ, म विष्णु हुँ, म मस्तमा महेश हु ।।
– म
त्यस्तै अर्को ठाउमा मिथ्यामा पथ्यको दर्शन दिन्छन् ः
म सूर्य हुँ, म चन्द्र हुँ, समस्त विश्व नै म हुँ ।
न यो म हुँ, न ऊ म हुँ, सधैं म आत्ममा रहुँ ।।
म स्थूल हुँ, म सूक्ष्म हुँ, असत्यमा म सत्य हुँ ।
म नै छु रे, म छैन रे ! वितथ्यमा म पथ्य हुँ ।।
– म
म शूर हुँ, समीर हुँ, समानमा सजीरहुँ ।
म मित्र हुँ, विचित्रको, अमूल्य मूल बीज हुँ ।।
म खण्डमा अखण्ड हुँ, समस्तमा म मस्त छु ।
निरस्त्र अस्त्र शस्त्रमा ससक्त मस्तव्यस्त छु ।।
– म

कवि अनन्तको विशाल हृदय छ र त्यसको छाप उनको दर्शनमा प्रतिबिम्बित भएको हामी पाउँछौं । कवि व्यवहारको कसीका कसेर मात्र मर्शनलाई अगाडि सार्छन्ः
आत्मा एक छ नित्य शाश्वत बुझे पाइन्छ सेवा गरे ।
व्यर्थै चिन्तन त्याग, लाग तपमा, बन्छन् नि आफू बने ।।
सारा सृष्टि उजाड हुन्छ क्षणमा स्वार्थी र अन्धा भए ।
सारा दृष्टि समान हुन्छ जगमा आफ्नो र अर्को गए ।।
– युवा
सबै म हुँ ‘ब्रह्मास्मि’ भनेर मात्र अनन्त मौन रहन्नन् । उनका यी कविताले मानवीय कर्मशीलताको अनुगमन गरेका छन् । परम आनन्द कहाँ छ त भन्दा अकर्मण्य हुुनुमा होइन, केही न केही सिर्जनशीलतामा आनन्द लुकेको हुन्छ । यही कुरालाई अनन्तको एक यो नमूनाले प्रमाणित गर्दछ ।
माटामा कर्मको खेती, हलो जोती दिएपछि ।
सीपले भक्ति गोडेर, मल पानी पुगेपछि ।।
शरीर खेतमा शुद्ध ब्रह्म बीज छरेपछि ।
शान्ति, सन्तोष, आनन्द मिल्छ अन्न फलेपछि ।।
– मिल्छ अन्न फलेपछि
नारी नरकका द्वार हुन्, संसार पापकुण्ड हो भनेर विश्वको सौन्दर्यको अवमूल्यन गर्ने दर्शन अनन्तको यो काव्यको होइन । यसले विश्वमा सत्य र सौन्दर्यको खोज गर्दछ र व्यवहारविज्ञानको निचोडको रुपमा विश्वसौन्दर्य र संसार सुखको अनुमोदन गर्दछ । त्यसको लागि एक उदाहरण ः
विवेशी व्यक्तिका निम्ति सृष्टि यो परिपूर्ण छ ।
दुर्भाव दृष्टि राख्नेले शंकै गर्दछ, मर्दछ ।।
आफ्नो अस्तित्व बुझ्नेले सबैमा सम मान्दछ ।
घमण्डी मदकामीले आफूझैं सब ठान्दछ ।।
– ज्ञान विज्ञान
व्यक्तिको मनोज्ञान र विज्ञानका आधारमा नै अनन्तको समाजदर्शन अगाडि बढ्छ जसले उत्प्रेरणाअनुरुप प्रतिक्रिया हुने हुँदा प्रथमत ः हरेक व्यक्ति उससित हुने दुव्र्यवहार, सद्व्यवहारको लागि जिम्मेवार हुन्छ त्यसपछि मात्र परिवेश । त्यसैले, अनन्त सुख, शान्ति र आनन्दको प्राप्तिको लागि मानवले समर्पणको सिद्धान्तलाई अंगिकार गर्नुपर्ने कुरामा जोड दिन्छन् । त्यसकै प्रमाण हो यो कविता ः
संसारी भोगकामी ता सर्वत्र नै लबालब ।
ज्ञानी, दानी र त्यागीका दिव्य–दर्शन दुर्लभ ।।
बुझ्ने उदारका लागि धर्म सारा बराबर ।
अशान्ति घरमै स्वार्थ, भेदभाव भए वर ।।
– ज्ञान विज्ञान
त्यस्तै ‘संवाद’ कवितामा एक विदेशी जो ज्ञानको न्यूनताको प्रतीक हो त्यसको मष्तिष्क परिमार्जन गर्दै पुजारीबाट भनाउँछन् कविले ।
कवि अनन्तका व्यवहार ज्ञान अथाह भण्डार र अनन्तता छ ।
देखेनन् अरुमा सार, गाँजा र भाँङमा भुली ।
छोडे ती कतिले प्राण कुकृत्य रुप काँचुली ।।
बिथोल्ने विषले भन्दा कु–प्रथा अझ चर्कियो ।
कतिले छोडदै, लाँदै गरे ती सब देखियो ।।
– संवाद
कर्मवादी दर्शनका व्याख्याता हुन् कवि अनन्त । ‘संवाद’ कविताका यी हरफहरुले यस कुरालाई प्रमाणित गर्दछन् ः
कर्मता सबको हुन्छ नगर्दै हिंड्न सक्छ को ?
ज्ञानी कर्म सदा गर्छ नगर्दै हिंड्न सक्छ जो ।।
कर्मैले भिन्न देखिन्छ व्यक्ति, जाति र मानव ।
कर्मैले हुन्छ त्यो देव कर्मैले बन्छ दानव ।।
– संवाद
अनन्तको यो ‘अध्यात्म–यात्रा’ वेदान्त दर्शनको सरल अभिव्यक्ति हो भने व्यवहार विज्ञानको संकूलताको अनावरण हो । वस्तुको नजरमा प्रबासबाट क्षुधार्त वालक, विवश वालकको आमाको स्मृति, राष्ट्रप्रेम तथा भाषा, साहित्य र कलाको साथ अनन्यप्रेमको कारुणिक क्रन्दन हो काव्य ।

कला, बिम्ब–योजना ः
छन्द नै एक ढङ्गले लेख्ने त्यसका कवि–कल्पनाले एउटा भाव भाषामा चमत्कृति ल्याउनाले कविता गद्यभन्दा फरक र बुद्धिभन्दा परको देखिन्छ । यो काव्यको छन्दको बारेमा र भावबारे त संक्षिप्तमा उल्लेख भैसक्यो यो अलिकति स्पर्श कलामा । अनुप्रास र यमकले पद्यको रुप शौन्दर्य र लालित्य प्रदान गर्दछन् । अनन्तको यो ‘अध्यात्म–यात्रा’ मा अनुप्रास र यमक अलंकार छ्यापछ्याप्ती छ ।
यमक अलङ्कारबाट अलङ्कृत यौटा कविताको नमूनाः
नराख कल्प–कल्पमा, विकल्प अल्प है ममा ।
समात माथ गाथमा, समेट मेट कल्पना ।।
नतोड जोड अम्बिका नछोड मोडमा म छु ।
नजानी शब्द दौडमा म भाव, भक्ति भर्दछु ।।
– मङ्गलाचरण
अर्को ः
सितार तार बज्दछन् सुगीतमा छ ईश यो ।
सुरागमा विरागमा परेर बिर्स विश्व यो ।।
अमान मान छैन है, न क्रोध कामहीनता ।
न हर्ष वा अमर्ष छन् समान मान दीनता ।।
– मङ्गलाचरण
अर्को उदाहरण ः
नेपाली पहरा, हरा, हिमभरा, तिमै्र कथाले भरी ।
डाँफे मग्न मुनाल चिर्बिर चरी, यो सृष्टकै माधुरी ।।
बाघै, भालु सबै मिलेर बसने, मीठो छ संभाषण ।
बाबा खप्तडका अजस्र रसका छन् स्रोत आकर्षण ।।
– श्री खप्तडबाबाका स्मृतिमा ।
त्यस्तै ः
पाखा, पर्वत, हैमताल, वनको, ताजा छ है संस्मृति ।
बाबा वैदिक धर्मका रचयिता, वेदान्त औ संस्कृति ।।
मेरो कर्म छ के ? म को ? र कसरी ? कर्तव्य के हो ? कहाँ ?
बाबा खप्तडका अपार महिमा गाउँ, म जाऊँ जहाँ ।।
– श्री खप्तडबाबाका स्मृतिमा

कल्प–कल्पमा, विकल्प अल्प, समात माथ गाथमा, तोड जोड यी शव्दहरुको वा वर्णको पुनरावृत्तिले हुन शौनदर्य सिर्जना गरेको छ त्यो अकल्पनीय छ ।

कवि कल्पनाले यौटा सामान्य शीला पनि हीरा बन्न सक्तछ । त्यो जादुगरी शक्तिको नम होः बिंब । यसको विधानको उडानमा हुने तीव्रता अनन्तका यो काव्यमा सर्वत्र छ । साँच्चै यी कविता पढ्दा त यो विधा ललितकला हो जस्तो लाग्छ । एउटा नमूना ः
प्रकृति बिंबः
प्रज्ञान, ज्ञानका बाटा विज्ञान अब ब्यूँझिए ।
विद्याको योगले गर्दा कुवृत्ति मनका गए ।।
दिल निर्मल भो आज, विद्याका सुप्रभावले ।
बसन्त ऋतृको शुद्ध गरे पूजा समाजले ।।
– सरस्वती पूजा
यो कवितामा वसन्त ऋतु एक प्रकृतिलाई नै देवत्व प्रदान गरी विंब विधान गरिएको छ यहाँ । श्रीपञ्चमीको सरस्वतीपूजालाई बसन्त ऋतु विंबमा अनुवन्धन गरिएको छ ।
प्रतीकात्मक बिम्ब ः
‘घर छन् मन्दिरै भित्र घरै भित्र छ मन्दिर ।’
यो अंश शरीर आत्माको प्रतीकात्मक बिम्बको अनुपम नमुना हो यो । पुरा उदाहरणको लागि ः
राष्ट्र यो गजवै लाग्छ देख्ता साना–तिना घर ।
चाड ता उत्तिकै मान्छन् मस्त छन् नर, वानर ।।
के हो यो ? दंग भै रम्छु कला, कौशलको पुर ।
घर छन् मन्दिरैभित्र, घरैभित्र छ मन्दिर ।।
– संवाद
उत्प्रेक्षात्मक बिम्ब ः
हरिया डाँडा, आकाश निला क्या बान्की परेको !
स्वर्गका परी यै देशभरि किन हो झरेको ?
– मेरो देश
यो झ्याउरे छन्दको देशवर्णन जस्तो सामान्य बाहिरी वस्तुवर्णनको कवितामा उत्प्रेक्क्षात्मक बिम्बको रुपमा प्रश्नात्मक पाराले हृदय–संवेद्य यो बिम्बयोजनाको जति प्रशंसा गरे पनि कमै हुन्छ । कवि अनन्त राष्ट्रकवि घिमिरेजस्तै बसेर सिर्जना गरिरहनुपर्ने कहाँ कम्प्युटरविज्ञ बनेर नेपाली साहित्यले अनन्त पाउन सक्थ्यो त्यो नपाउने भो भन्ने लाग्छ ।
मैले पहिले भूमिका पढ्दा प्रा. शिवगोपाल रिसालले मलाई छोराले उछिनेछ भन्लान् भनी लेखेको कुरा झुठा होला जस्तो लागेको थियो तर पढ्दै पृष्ठ ९५ सम्म पुग्दा त ठहर भो साँच्चै छोरा त अनन्त अनन्त नै रहेछन् । रमाइला पद्यहरु चमत्कारपूर्ण हृदयाल्ह्दकारी अभिव्यक्ति यो कवितायात्रामा छ । यस दृष्टिले एउटा नमूना हेरौं ः
चाहिने जति नै जम्मा गर धर्म सबै क्षण ।
प्रायः जम्मा गरे भन्छौ, सकिने होइने कण ।।
न साँच छ र के खाँचो ? साँचोको अब जाँच छ ।
नराख दिलमा आँच, किनार–पार नाच छ ।।
– संवाद

अन्तमा अनन्त गोपाल रिसालको यो ‘अध्यात्म–यात्रा’ काव्य शास्त्रीय छन्दको कुशल प्रयोग, बिंब विधानमा अकल्पनीयता, वस्तुमा वैविध्य तथा आदर्शताले महिमामन्डित छ ।

Hom Nath Subedi ,
Washington, DC, USA
Issue : 2006

(स्रोत : Pardesh.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in पुस्तक समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.