~कपिल अधिकारी~
परदेशमा
खबरको सगरमाथा
प्रश्नको बर्षा
अनि
परदेशीका मन भडंगालिन्छ
रोकि राखेको मन
छोपि राखेको मन
थाहैनदि बुकुर्सि मार्छ
सामरिका फाँट फाँट,
कुन्यौ कुन्यौ
त्रिशुलीका किनारै किनारा
उकालो लाग्छ साततले,
अनि
कान्तिपुर बिचरण गर्दै
परदेशमा फर्कन्छ प्रफुल्लित हँुदै ।
परदेशको छापाभरि
देशै देश
बेदित चित्र
अनि
आफु सँगै नभएको यो मन
खलबालिन्छ
सलबालिन्छ
आगोले झोसिएको मन
भाउन्नेर दौडन्छ
हिमाल देखि तराइ सम्म ।
पत्या्इ नसक्नु देखेर
देखेकै बुझन नसकेर
टुक्रेको मन
घाइते मन
सम्हालनै नसक्ने भएर
परदेशमा फर्कन्छ ।
हजारौं योजन पर
परदेशमा
दाल डुकुमा हराइ रहेको वेला
गाउंले भने घर नै
देश नै
बिर्सियौ कि भनि रहेको वेला
परदेशमा परदेशीको मन भने
देश सँगै सुत्छ
देश सँगै उठ्छ
परदेशी सँधै देश बोकेर हिँडछ ।
Kapil Adhikari ,
Taipei, Taiwan
Issue : 2005
(स्रोत : Pardesh.com)