~शंकर श्रेष्ठ~
एक पटकको कुरा हो, भगवानको एउटा परम भक्तलाई दैबहरु देखी किन हो किन वाक्क लागेछ, र आँफैमा गुन गुनाएछ, यो पार्वती मातालाई के भाको …। गुन गुन… यो दैबहरु पनि आजकाल खाली यताको कुरा उता, उताको यता गर्छन् बा ।यो अन्तिम वाक्य “यो दैबहरु…..गर्छन् बा” नारद मुनीको कानमा ठोक्किन पुगेछ। नारद मुनी धेरै दिन पछी पृथ्वी लोकमा बिचरण गर्दै थिए। भक्तको येस्तो कुरा सुनेर, उन्लाई आँफैलाई परे जस्तो लाग्यो, हो न हो, एस्ले मेरो नै कुरा काटेको हो।
नारायण नारायण भन्दै उनी दैब लोकमा नारायण सामु पुगेर ती भक्त को बिरुद्द कुरा रखे। तेस्बेला त्यहाँ, ब्रह्मा, नारायण, शिव र अरु सबै दैबहरु थिए। ठुलै बैठक बस्यो। नारद मुनीले दुखेसो गरे, आज्काल, पृथ्वी लोकका भक्त भनौदाहरुले हाम्रो कुरा काट्न थाले, हामीलाई जथाभभी भन्न थाले प्रभु, केही गर्नु पर्यो। अब त्यो भक्तले मेरो अगाडि नै मेरो कुरा काट्यो, मैले यताको कुरा उता, उताको कुरा यता गरे भनेर, प्रभु भएन।। केही गर्नु पर्यो। गाँजामा मस्त शिव जि जंगिये।। तेस्लाई भस्मा पारी दिउँ, शिव जिलाई न सराप्न बेर, न अशिश दिन बेर, उन्ले झन्डै हाथ उठाएर के भस्मा होइजा भन्न मात्र लागेका थिए, ब्रह्मा जी मुसु मुसु हाँस्दै भन्नु भयो। शिव जी, यसरी आवेशमा आएर काम गर्नु भएन। ब्रह्मा जी र नारायण जी लाई वास्तवीक कुरा थाहा थियो, त्यो भक्तले पार्वती माताका कुरा गर्दै थिए, तर नारद जीले आधा मात्र कुरा सुने र आँफैलाई भने जस्तो लाग्यो। नारायण जीले भने, है नारद मुनी, पृथ्वी लोकमा कती मानिस छन, तर कतीले हाम्रो नाम जप्छन? कतीले हाम्रो भक्ती गर्छ? तिमी जस्को कुरा गर्दैछौ, त्यो भक्त हाम्रो सन्चो भक्त हो, र सन्चो भक्तलाई हाम्रो गल्ती भन्ने अधिकार छ। जस्ले भक्ती गर्छ, उस्ले नै दुखेसो पोखछ। अरुलाई हाम्रो मतलब छैन, तर त्यो भक्त हाम्रो नाम पनि जप्छ र बेला बेलामा दु:ख पनि पोखछ। तेस्मा चिन्तित नहोउ नारद मुनी।
नारद मुनी को चित्त त बुझेन तर, नारायण ले भनेको कुरा, कसरी होइन भन्नु। नारायण नारायण भन्दै उनी फेरी पृथ्वी लोक तिर लागे।
26 January 2003
(स्रोत : Chautari.wnso.org )