~कपिल लामिछाने~
बिर्खे सडक छेउ आगो पुत्ताएर मकै पोल्दै थियो। मकै धेरै पोलिसक्यो। बिक्दा होइनन्। मकै खाऊ न भाइ, ताजा–ताजा छन्। मिठा छन्। खाऊ कति सस्तो छ। फलाउन कति गारो छ। खाऊ न बैनी। … बिर्खे हैरान भयो। बिक्दो होइन। कति कराओस्? मकै बेचौँला। पैसा पारौँँला। छोरीको फिस तिरौँला। उसको कत्रो सपना थियो। ऊ निराश फर्क्यो।
एक दिन चमेली मकै पोल्न बसी। राता गाला घाम र आगोले झनै राता भएका हुन्थे। उसका हात मकै पोल्नमा तल्लीन हुन्थे। स्कुले मिड्डी लगाएर बसेकी थिई। सुडौल पिरम्ला देखिन्थे। त्यसमा निश्छल हाँसो र निधारमा बग्दा पसिना। ऊ मकै पोलिरहेकी हुन्थी। यसलाई कति हो? भनी सोध्ने, मकै किन्ने र त्यहीँ उभिएर खानेको धुइरो लाग्यो। डोकामा ल्याएका मकै सकिन थाले। बिर्खेले अर्को डोको मकै ल्यायो। त्यो पनि सकियो। अर्को पनि सकियो।
साँझ बिर्खेले सोध्यो– मैले त्यति राम्रोसित पोलेका मकै पनि बिक्दैनथे, तैँले त गजपै गरिस्। के भो यस्तो? बिर्खेका अनुहारमा प्रसन्नता थियो। चमेलीले लजाउँदै भनी– जमाना नै यस्तै छ बा! जमाना बु137नुपर्छ।
(स्रोत : NepaliLaghukatha.com )