~शंकर श्रेष्ठ~
करिव १० १५ वर्ष अघिको कुरा हो गाउमा विशेष समारोह थियो । गाउका विकास समितीका लागि सवै जस्तो जनता थिए । आज प्रधान पन्च ज्यूले त्यस समारोहमा विशेष सम्वोधन गर्ने वाला थिए । तोकिएको निश्चित समय भन्दा करिव आधा घण्टापछि प्रधान पन्च ज्यू आफ्नै दलवल सहित सवैका अघि उपस्थीत भएर मन्चमा आए । सारा जनताहरु आवाक भए । के यस्तो विजोग भनेर तर कसैले वोल्ने हिम्मत गरेन किन की प्रधान पन्च ज्यू धेरै ठुलो मान्छे थियो र उनको वेइज्जत गर्नु भनेको आफ्नै सत्यनाश गर्नु हो । उनका नजिक दलवलहरुलाई पहिले देखी नै थाहा थियो तर वोल्ने कसले ?
यस्तै प्रधान पन्च ज्यूले आफ्नो भाषण दिदैथिए, तर एउटा १० वर्षको वालक, फुसर फुसर गर्दै थियो । उनको वुवाले उनलाई मुख थुनेर चुप लगाउदै थियो तर धेरै वेर सकेन । त्यो वालक एकक्षण करायो । हाम्रो प्रधान पन्च ज्यू नांगै हुनुहुन्छ
यदि, आफ्ना नजिक भनौदा शुभ चिन्तकले समयमा नै सांचो कुरा भनेको भए, प्रधान पन्च ज्यूले त्य त्रो सवैका अघाडि वेइज्जती सहनु पर्ने थिएन ।
26 January 2003
(स्रोत : Chautari.wnso.org/ )