आयोगको काममा गाडी लिएर बाहिर जान लाग्दा सबै सवारी चालकहरुले “म जान सक्दिन उसलाई लिएर जानु न” भने।
काममा बाहिर जाने सहायक स्तरको कर्मचारीले “मेरो व्यक्तिगत कामको लागि गाडी मागेको होइन हिडेर म जान सक्दिन भनेर कार्यालयको आगनमा गाडीको प्रतिक्षामा बसिरह्यो। एकछिन पछि सरकारी गाडीमा एकजना हाकिमको परिवार लिएर बाहिर जान लागेको देखेर सहायक स्तरको कर्मचारीलाई साह्रै नै अचम्म लाग्यो र “हाकीमहरुको परिवारलाई चाहि सवारी चालकले गाडीमा लिएर जान सक्ने सरकारी कामको लागि चाहि गाडी प्रयोग गर्न नमान्ने यो कस्तो चलन आएको होला” देशमा लोकतन्त्र यसैको लागि आएको रहेछ भनेर टाउकोमा हात राख्दै दिक्क लाग्यो।
2010-05-13
(स्रोत : NepaliLaghukatha.com )