~डा. कपिलदेव लामिछाने~
चौतारीमा वर र पिपलका विरुवा एकैदिन एकै साइतमा रोपिए ।
समय बित्दै जाँदा वर हलक्क बढ्यो । झ्याम्म छाया दिने भयो । पिपल लिखुरो भयो । त्यसले अरूलाई छाया के देओस् ? ऊ आफैँ वरको छहारीमा थियो ।
एक अर्को चौतारीमा पिपल र वरका बिरुवा एकैदिन एकै साइतमा रोपिए ।
समय बित्दै जाँदा पिपल हलक्क बढ्यो । झ्याम्म छाया दिने भयो । वर लिखुरो भयो । त्यसले अरूलाई छाया के देओस् ? ऊ आफैँ पिपलको छहारीमा थियो ।
रोप्नेवाला जिल्ल परेर सोचिरहेछ कि दुवै समान किन हुन सक्दैनन् ?
(स्रोत : NepaliLaghukatha.com )