~छविरमण सिलवाल~
निकै फस्टाएको व्यापारले प्रमोद मास्के निकै दङ्ग थिए । सधै एकनास नहुँदो रहेछ केहि समय यता खस्किदै आएको आफ्नो व्यापारलाई परिपूर्ति गर्न कुनै कसर बाँकी राखेका छैनन् उनले । प्रत्येक हप्ता स्टाफहरुसंग अन्र्तक्रिया गर्नू, उनीहरुको कार्यविवरण लिनु दैनिकी नै बनेको छ उनको । आज पनि मिटिङ्मा सवै वसेका छन् । गोलो टेवुल वरिपरि रहेका कुर्सिहरुको सोभा बढाएका छन् कर्मचारीहरुले मास्केका । मिटिङ् शुरु भैसकेको छ । आफ्नो उद्योगमा भैरहेको व्यापार घाटा कसरी भयो र यसलाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा छलफल चलिरहेको छ । उत्पादन र गुणस्तर वढाउँने सन्दर्भमा पनि छलफल अगाडी वढिरहेको छ । यसै विचमा प्रमोद मास्केको मोवाइल बज्छ । उनी मोवाइलमा कुरा गर्न थाल्छन् । एवंक्रममा त्यहाँ उपस्थित सवैको मोवाइल बज्छ ।
सबै आ–आफ्नो तालमा कुरा गर्न व्यस्त छन् । जब मास्केको कुरा सकिन्छ । सबै अर्कातिर फर्केर मोवाइलमा गफ गरिरहेका कोहि बार्दलीमा बसेर चिच्याइरहेका कोहि अर्को कोठामा गएर गफिरहेका दृश्यहरु देख्छन् । मुकदर्शक बनेका प्रमोदको दिमागले तुरुन्त निर्णय लिन्छ कि यहि मोवाइलको कारण रहेछ उद्योगको घाटा लगायत सबै कुराको जड । यो मोवाइल आतङ्कलाई निस्तेज पार्नको लागि सबैलाई पुनः बोलाएर निर्णय सुनाउँछन्, अब आइन्द कार्यलय भित्र मोवाइल प्रयोग गरेमा कडा कारवाही गरिनेछ । सबै जना अवाक भएर मोवाइलको स्विच बन्द गरेर काममा लाग्छन् केहि दिनमै आफ्नो उत्पादन सहित सबै कुराहरु क्रमशः सुधार हुँदै गएको विवरण देखेर आफूपनि कामको समयमा मोवाइलको स्विच बन्द गर्छन ।
(स्रोत : NepaliLaghukatha.com )