“होइन हामी चिडियाखानाका जनावर हांैं कि जङ्गली जनावर ? ”भालुको सानो बच्चाले आफ्नो आमासंग सोध्यो ।
“ हामी जङ्गलकै जनावर हौं त्यसैले त हामीलाई जङ्गली जनावर भन्छन् मान्छेहरु ।” भालुको बाउले जवाफ दियो ।
“ भनेको जस्तो नगर्ने भएकाले उनीहरु चाहिं मान्छे भएका हुन् ।.” भालुको बच्चाले फेरि अबोध प्रश्न ग्यो ।
• •
केही समयपछि जनावरहरुले आफूहरु जन्म र अधिकारले पनि स्वतन्त्र हुनुपर्ने माग राख्दै आन्दोलन शुरु गरे ।
दोस्रो चरणमा भोक हडताल शुरु गरे । खान नपाएपछि केही जनावरहरु बिरामी परे । तर पनि व्यवस्थापकहरुले कुनै वास्ता नगरेपछि जनावरहरुले खाना खान थाले ।
• •
आन्दोलन शान्त भएपछि व्यवस्थापकहरुले झन् वास्ता गर्न छाडे । त्यसैलाई अवसर पारेर नेता जनावरहरुले गोप्य सल्लाह गरे ।
“ अब हामीलाई जसले बन्दी बनाएको छ त्यसैलाई हातमा लिऔं र स्वतन्त्र होउँ ?”
“ तर कसरी ?”
“घूस खान पायो भने मान्छेले जे पनि गर्छन् रे नि ।”
“ तर हामीसंग घूस दिनलाई के पो छ र ? ”
“केही दिन हामीले खाना नखाऔ ं। हामीलाई जसले खाना ल्याउँछ त्यसैलाई दिउँ र ढोका खुल्लैे राखेर जान भनौं ।”
“ गज्जब छ आइडिया तर तिम्रो दिमाग पनि मान्छेको जस्तै हुन थालेछ नि ।”
• •
केही दिनपछि एक रात जनावरहरु चिडियाखानाबाट बाहिर निस्किए । सडकमा जनावरहरु देख्नासाथ शहरमा हल्लाखल्ला मच्चियो । मान्छेहरु भागाभाग गरेर सुरक्षित हुन खोजे ।
जनावरहरुले पनि झन् बढी असुरक्षित ठानेर दौडादौड चिडियाखानाभित्रै प्रवेश गरे ।
2012-10-03
(स्रोत : NepaliLaghukatha.com )