बन्द कोठाले भित्रैबाट आकाशलाई सम्बोधन गर्दै उसको कमजोरी फुकाइदियो– ‘ए आकाश ! तिमी कति छ्यालब्याल गर्दै फैलदै गएको ? कतै न कतै अडिने र थिर हुने प्रयास गर न । कति फुक्छौ ? कति पोखिन्छौ ? कति फैलिन्छौ ?’
आफुबारे टिप्पणी सुनेर आकाशले अट्टाहास गर्दै हाँस्यो र भन्यो – ‘ए बन्द कोठा ! मेरो टिप्पणी गर्ने साहस तिमीमा कसरी भयो ? म त सृष्टिको उत्तम र सर्वश्रेष्ठ आविष्कार हुँ । ममा ब्रह्माण्डभरि छाउने शक्ति छ । एकमुठी उज्यालो नपस्ने कोठाको यत्रो पूmर्ति ।’ आकाशले आफ्नो छाती अझै फुकाउँदै भन्यो– ‘तिमी त उदाङ्गो । कुनै कुराको गोप्यता नभएको आकाश सीमाबद्धता नभएको आकाश । जुनबेला पनि खुला छौ फैलिएका छौ । हेर म कति सुरक्षित छु शान्त छु, गोप्य र बन्द छु ।’
(स्रोत :NepaliLaghukatha.com)