लेख : मैले बुझेको गजल

~दिल निशानी मगरDil Nisani Magar~

फेसबुक साहित्य लाइ नजरअन्दाज गर्न त मिल्दैन l फेसबुक मा राम्रा-राम्रा कलम हरु कोरिएका पनि छन l पछिल्लो समय नेपाली साहित्य प्रेमी हरु मा गजल को नशा थपिएको छ l फेसबुक मा केहि चिज लेख्यो र गजल भनी दियो l हाइकु लाइ गजल भन्यो l मुक्तक लाइ गजल भन्यो l तियाली लाइ गजल भन्यो l चोका लाइ गजल भन्यो l घोचो लाइ गजल भन्यो l छेस्का लाइ गजल भन्यो l केशरा लाइ गजल भन्यो l तांका लाइ गजल भन्यो l धन्न-धन्न त कबिता लाइ पनि गजल भन्यो l

गजल सम्बन्धि मेरा केहि अनुभब छन l मेरो सुरुवाती साहित्य लेख्न को विधा पनि गजल नै थियो l समकालीन साथि र आफुले अग्रज ठानेका ब्याक्ति पनि सबै गजल लेख्थे l जस्तो कि पश्चिमान्चल को कुरा गर्ने हो भने सरस्वति शर्मा जिज्ञासु, राम अविरल. प्रकट कुमार शिशिर, आर के अदिप्त गिरि, लगायत l मैले पनि गजल नै लेखेको हु तर मलाई पुरा बिश्वास लागेन गजल मा l किनभने मोफसल मा गजल को बाढी आए पनि नेपालि साहित्य को आकाश मा यसको राम्रो स्थान छैन l सम्मान र पुरुसकृत गर्ने प्रचलन छैन l यसकारण गजल को रुप फुल्दा फुल्दै पनि खुम्चिन पुगे जस्तो लाग्छ l मैले गजल लाइ बिस्तारै हेला गर्न थाले l

पछि मैले लामो समय सम्म रेडियो मा प्रोश्तोता को रुप मा काम गरे l खास गरी नेपालि साहित्य को गीति कथा र उपन्यास विधा मेरो रोजाइ थियो l रेडियो मा मेरी नजिक को साथि गजलकार मित्र राम थापा अविरल गजल सम्बन्धि निकै चर्चित कार्यक्रम गज- गुराँस चलाउनु हुन्थ्यो l उहा को कार्यक्रम संगै बसेर तयार गर्न रुचि राक्थे म l यसकारण मेरो गजल मा रुचि बढेर गयो l उहा काम को शिलशिला मा बाहिर जाँदा गजल कार्यक्रम मा छनोट भएका गजल बाचन गर्न पनि थाले l बास्तव मा गजल बाचन को मिठास कबिता मा पनि छैन l

हामीले राष्टिय गजल महोत्सब गरेका थियौ l मलाई लाग्छ २०६३ साल तिर होला l त्यति खेर नै मैले नेपाल का मुलधार मा कलम चलाउने गजलकार हरु ललिजन रावल, बुद राना, पुष्प अधिकारि अँजली, गोर्खे साइलो लगायत थुप्रै नेपालि तथा भुटानी र दार्जीलिङ्ग का गजलकार संग भेट्ने अबसर पाएको थिए l गजल सुन्ने सुनाउने अबसर पाएको थीए l पछि मैले लामो समय सम्म रेडियो मा प्रोश्तोता को रुप मा काम गरे l
खास गरी नेपालि साहित्य को गीति कथा र उपन्यास विधा मेरो रोजाइ थियो l रेडियो मा मेरी नजिक को साथि गजलकार मित्र राम थापा अविरल गजल सम्बन्धि निकै चर्चित कार्यक्रम गजल गुराँस चलाउनु हुन्थ्यो l उहा को कार्यक्रम संगै बसेर तयार गर्न रुचि राक्थे म l यसकारण मेरो गजल मा रुचि बढेर गयो l उहा काम को शिलशिला मा बाहिर जाँदा उहा को गजल कार्यक्रम मा छनोट भएका गजल बाच्न गर्न पनि थाले l बास्तव मा गजल बाच्न को मिठास कबिता मा पनि छैन l यसकारण नै नेपाली गजल मा मैले सैदान्तिक रुप मा गजल साहित्य को बिरोध गरी रहेको छैन जब कि मेरो आफ्नै प्राम्भिक साहित्य को थालनी गजल बाटै भएको देखिन्छ अहिले पनि फेसबुक मा जे. सागर, रबिन चापागाई, भण्डारी दाइ जस्ता मित्र हरु को उत्कृस्ट गजल र गजल प्रति को लगानी र झुकाब नदेखेको होइन l तर यति हुदा हुदै पनि गजल लाइ रास्ट को मूल साहित्य मा बिकास गरेर लैजान सकिएको छैन l यही नै दुख लाग्छ l फेसबुक मा पोस्ट गरिने केहि गजल प्रति मेरो आपत्ति छ l त्यो गजल होइन l त्यो त फजल हो l मेरो गजल प्रति को आपत्ति र विरोधाभास धारणा के हो भने-अहिले जो गजल को हाउगुजी छ l खोला नाला बगेको छ l त्यो सबै गजल होइन् त्यी फजल हुन् भन्ने नै हो l गजल लाइ सही निकास दिन को लागि धमिलो मैलो हटाउन जरुरी छ l मलाई काफिया चाहियो ! भनेर काफिया माग्ने अनि गजल लेख्ने यो कस्तो साहित्य हो ?काफिया मागेर गजल लेखिदैन l

मोतिराम त्यस युगका बौद्धिक नायक थिए, साहित्यिक सङ्ठनात्मक नेता थिए र सांस्कृतिक योद्धा थिए। नेपाली वाङ्मयको उत्थानका लागि मोतिरामले खेलेको भूमिकाले उनी नेपाली भाषा, साहित्य र संस्कृतिका अक्षरअक्षर, शब्दशब्द र भाकाभाका रहेसम्म बाँचिरहनेछन् । मोतीराम भट्ट ले गजल मात्र त लेखेनन तर उनले गजल लाइ न्या आयाम दिए नेपाली साहित्य मा कालान्तर मा आउदा यो युबा युवती हरु लाइ नौनी घिउ भन्दा मिठो लाग्न थाल्यो l

गजल का आ-आफ्नै बुझाइहरु सार्वजनिक भएका छन -इन्साक्लोपेडिया ब्रिटानिका अनुसार इस्लामिक साहित्यमा गजल एउटा छोटो र ओजपूर्ण कविताको रुप हो जसको सम्बन्ध प्रेमको विषयसँग रहेको हुन्छ । गजल यो कुनै ह्ज्ल होइन गजल त कबिता हो भीमनिधि तिवारीले बयासी र बीस गजल मेरीलाई प्रकाशनमा ल्याएपछि नेपाली गजलको एउटा चरणमा पूर्णविराम लाग्यो र नयाँ कालको उदय भयो ।
वि.सं. २०३६ सालको ‘मधुपर्क’ साहित्यिक पत्रिकामा ज्ञानुवाकर पौडेलको ‘मुक्तक’ शीर्षकमा प्रकाशन भएको एउटा रचनाले गजलको संरचनाभित्र प्रवेश गरेकाले अर्काे अध्यायको सुरुवात भएको मानिएको छ ।गजलको उत्पत्तिगत पाटामा पुग्दा यो गीत तथा कविताको निकट देखिन्छ । अहिले पनि गजल गेयपरम्पराबाट टाढा छैन ।गजललाई अंग्रेजी भाषामा Ghazal, हिन्दी भाषामा ग़जल, उर्दू भाषामा غزل भनिन्छ।
गजल भनेको प्रेमका विषयमा श्रृङ्गार रसका कविता लेखिने एकप्रकारको फारसी छन्द वा त्यसै छन्दमा लेखिएको कविता हो। हरेक लेखाइका कुनै न कुनै उद्देश्य रहेका हुन्छन्, यसलाई रचनाकार देखि पाठकहरू सबैले स्वीकार गरेकै छन् । प्राचीन मोतीराम भट्टकालीन गजलहरू पनि शृङ्गारिकता र स्तुतिगानमा लेपासिएका हुन्थे । ती गजलहरूको उद्देश्य कसैप्रतिको भक्तिभाव व्यक्त गर्नु वा प्रेममय जीवनको अनुभूति गराउनु रहन्थ्यो । यसर्थ गजलले कुनै न कुनै उद्देश्य बोकेको हुन्छ । अभिव्यक्तिले गजलको उद्देश्यलाई किटान गरेको हुन्छ ।

‘सेर’ अरबी भाषाको शब्द हो । यसको खास अर्थ भने ‘कपाल’ हो । तथापि, साहित्यिक सन्दर्भमा यो अर्थले मान्यता पाउँदैन । उर्दु भाषामा अत्यन्त विकसित साहित्यको श्रव्य बिधा गजलको जननी चाहि अरबी भाषा नै हो । उर्दु भाषामा अत्यन्त विकसित, लोकप्रिय र चर्चित भए पनि बिस्तारै-बिस्तारै यसको प्रभाव हिन्दी र नेपालीजस्ता भाषा साहित्यमा पनि भएको देखिन्छ ।

उर्दु-हिन्दी शब्दकोशका अनुसारः- ‘५ देखि ११ शेरहरु हुने उर्दु र फारसी कविताको एक प्रकार गजल हो । यसका सबै शेर एउटै रदीफ एवं काफियामा आबद्ध हुन्छन् र प्रत्येक शेरको विषयवस्तु फरक हुन्छ । पहिलो शेरलाई मत्ला भनिन्छ, जसमा दुबै मिसरा अनुप्रासयुक्त हुन्छन् भने अन्तिम शेरलाई मकता भनिन्छ, जसमा गजलकारले आफ्नो उपनामको प्रयोग पनि गर्न सक्छ । गजलको संग्रहलाई दीवान भनिन्छ ।
द अक्सफोर्ड इङ्लिस डिक्सनरीका अनुसारः- ‘विशेषतः प्रेमसम्बन्धी वा रागात्मक, पुरानो, लयात्मक कविताको एक प्रकार हो, जसमा सीमित श्लोक, उही अनुप्रासको आवृत्ति तथा पश्चीमी पद्यभन्दा पृथकता अपनाइएको हुन्छ ।’ फारसी भाषामा गजलको अर्थ ‘वाजनान गुफ्तगु करद न’ वा ‘आइमाईका कुरा’ हुन्छ । आइमाईका कुरा एक बिषयमा केन्द्रित नहुने भएकाले र गजलका पनि हरेक ‘शेर’हरु कुनै निश्चित विषयमा आबद्ध नभई आफैमा स्वतन्त्र देखिन्छन् । तर्सथ अर्थका दृष्टिले गजल एकतामा अनेकता र संरचनात्मक दृष्टिले अनेकतामा एकता हुने सुललित भाषिक अभिव्यञ्जना हो ।

अरवी भाषामा पाइने ‘गिजाल’ शब्द ‘गजाल’बाट बन्दछ । मिश्रले गजल शब्दको शाब्दिक अर्थ मृगशावक वा हरिणशिशु हुन्छ, अर्थात् ‘शिकार खेल्दा जब शिकारीको वाँण हरिणको मुटुमा गई रोपिन्छ, त्यसबेला हृदयविदारक ढंगले हरिणले गर्ने आर्तनादलाई गजल भनिन्छ ।

‘गजल’ शब्दको मुख्य स्रोत अरबी भाषा हो वा फ्रान्सेली भाषा हो भन्ने बारेमा गजल सम्बन्धी जानकार व्यक्ति तथा गजलकारहरू नै निचोडमा पुग्न सकेका छैनन् । अर्थात्, ‘गजल’ शब्दको निष्पत्ति सम्बन्धी सबाल एक व्याख्याकारमा मात्र सीमित पनि छैन । यो बहस कुनै बुँदामा पनि सहमत देखिँदैन । गजल’ अरबी भाषाको स्त्रीलिङ्गी शब्द हो र यसको अर्थ ‘प्रेमी तथा प्रेमिकाबीचको वार्तालाप’ भन्ने हुन्छ । ‘
गजल’ अरबी भाषाको स्त्रीलिङ्गी शब्द हो र यसको अर्थ ‘प्रेमी तथा प्रेमिकाबीचको वार्तालाप’ भन्ने हुन्छ । ‘गजल शब्द अरबी भाषाबाट आएको भएपनि अरबीमा भने गजल लेखिएको जानकारी पाइँदैन । यसको प्रारम्भिक लेखन फारसीबाट आरम्भ भएको स्विकारिन्छ । मौलिक नेपाली लय तथा स्वनिर्मित लयमा यसपछिका गजलहरू रचना गरिए। भूपि शेरचन, म.वी.वी.शाह, भीम विराग, राम मान तृषित, शङ्कर लामिछाने, ईश्वरवल्लभ, गोपाल प्रसाद रिमाल आदि प्रतिभाहरू देखिन्छन्। यस समयमा रचना गरिएका गजल भन्न रुचाइएका सिर्जनाहरूमा काफियाको व्यवस्थापन र प्रयोग अनि, रदीफ र तखल्लुस पनि प्राय भेटिदैन।
कुनै सुकुमारी या लावण्यवतीसंग गरिएको सुमधुर प्रेमालाप वा प्रणय चेतनाको हार्दिकता नै गजलको विम्व हो । अरवी भाषामा मृगलाई “गजाला” भनिन्छ, त्यसैले कुनै मृगनयनी, स्वप्नपरिप्रति प्रेमाशक्त भई लेखिने छन्दमय रसदार प्रणय – अनुरागयुक्त प्रेमपत्र नै गजल हो । त्यसबेला दरबारमा उर्दूका गीतगजल गाएको देखेर यिनले नेपाली गजलगीत लेखे र गाएर पनि प्रस्तुत गर्न थाले। दरबारमा पनि क्रमशः मोतिराम भट्टले लेखेका गजल चल्न थाले :

यता हेर्योत यतै मेरा नजर्मा राम प्यारा छन्
उता हेर्योत उतै मेरा नजर्मा राम प्यारा छन्।
यसो भन्छौ त फल्फूल्मा, उसी भन्छौ त जल्थल्मा
जता हेर्यो उतै मेरा नजर्मा राम प्यारा छन्
त्रिलोक् चौधै भुवन्माहाँ प्रभू व्यापक् जहाँताहाँ
कहाँसम्मन् भनूँ याहाँ सबैमा राम प्यारा छन्

छन्दलाइ उर्दुमा “वहर” भनिन्छ जुन गजलको प्रमुख अनिवार्यता हो । संस्कृत तथा नेपाली गद्य साहित्यमा गण र मात्रा मिलेर वन्ने लयलाइ नै छन्द मानिन्छ, गजलमा ति प्राविधीक शव्दहरूलाइ “रूक्न” र “अरकान” नामले चिनिन्छ । छन्द या वहर विनाको गजल पुर्ण वनेको मानिंदैन र यस्तो गजललाइ “गैर मुसलसल” गजल भनिन्छ । तर छन्दमा लेख्ने भन्दैमा गजल पुरै शाष्त्रीय नै हुन्छ भन्ने होइन,गजलको छन्द वा लयलाई नै बहर (meter) भनिन्छ । गजल लेख्नुअघि वहरको ज्ञान हुनु अनिवार्य मानिन्छ तर, गजलको आधुनिक यात्रासंगै वहरको कडा फलामे अनुशाषनमा रहनुपर्ने नियम अलि खुकुलो हुंदै गएको छ । अचेल वहरको ज्ञानविना नै लेखिएका गजलहरूको वाढि नै आएको छ । यसले कतै गजललाइ नै वगाएर लाने त होइन भन्ने चिन्तापनि वरिष्ठ गजलकारहरूमा देखिन थालिसकेको छ । हुनत, गजलमा वहर नमिलेपनि त्यो गेयात्मक वन्न सक्छ, तर गजल लेख्नेहरूमा कमसेकम वहरको ज्ञान भएमा मात्रैपनि गजलले साहित्यका अन्य विधाभन्दा आफुलाइ सदा उच्च स्थानमा राखिराख्न सक्ने देखिन्छ ।

नेपाली साहित्याकाशमा गजलकै पछिपछि यात्रा गर्दै गरेको अर्को साहित्यीक विधा हाइकु र गजलको संमिश्रण (Fusion) गरेर लेखिएको यो गजल प्रस्तुत गर्न चाहन्छु “हाइकु-गजल”को रूपमा मोतिराम भट्टले श्रृङ्गर, भक्ति तथा राष्ट्रियताका विषयमा थुप्रै कविताहरू लेखे श्रृङ्गारिक कविताका चाहिँ उनी निर्मा ता नै बने। श्लोकसङ्ग्रह र मनोद्वेग प्रवाहमा मोतिराम भट्टका थुप्रै श्रृङ्गारिक कविता रहेका छन्। पिकदूत’ भट्टको श्रृङ्गाररसको अर्को काव्य हो। मोतिराम भट्टले नै नेपाली भाषामा गजलको आविष्कार गरे। यिनले नेपाली भाषामा थुप्रै गजल लेखेर लोकप्रिय बनाएका छन्।
गजल नेपालि साहित्य को लोकप्रिय विधा हो यसलाई जोगाइ राखौ l

(स्रोत : Setoparewa.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लेख - समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.