~यात्रा गुरुङ~
कुनै होटेलमा बसेर
या,कुनै कोठमा बसेर
सोचिरहेको छु
भोलि यतिबेला देश छोडिसक्छ होला
त्रिभुवन विमान स्थालबाट कुनै विमान मार्फत ।
विमान सवार हुनुअघि
होटेलबाट एयरपोर्ट पुग्नुअघि
मातुभुमिलाई ढोग्छु,
हिमाल,पहाड र तराई सजाउँछु
मनमा,
एक मुठी माटोलाई लगेजमा पेग गर्छु
स्वदेशको सम्झनाको रुपमा
अबैधानिक समान भनेर मलाई
सु्रक्षाकर्मीले पक्रिने हो कि १
झस्याङ्ग हुँदै, शायद भोलि यतिबेला
देश छोडिसक्छ होला
त्रिभुवन विमानस्थलबाट
कुनै विमान मार्फत ।
जीवनको रोजिरोटीको लागि
गरीबी मुक्तिका लागि
देश छोडेने मेरो मुख्य दुर्दशा !
मैले परिवर्तन गर्नुपर्छ होला
भाषा, धर्म सँस्कृति
अनि पाउँछ होला कृत्रिम हावा ,पानी
कतै जीवनै कृत्रिम हुने हो कि !
लामो सास फेर्दै ,भोलि यतिबेला
देश छोडिसक्छ होला
त्रिभुवन विमानस्थलबाट
कुनै विमानमार्फत ।
हुलका हुला विदेशिंदा पनि
देशको बाजे र बाहरु
चुपचाप छन, न कुनै चिन्ता !
स्वार्थको मोह त्यागेको छैन
देश विकासमा तर्फ अग्रसरत छैन
नयाँ धारहरु लागु गरेको छैन
कहाँ हुन्छ देशको बिकास ?
देशको बारेमा सोच्दै ,
भोलि यतिबेला देश छोडिसक्छ होला
त्रिभुवन विमानस्थलाबाट
कुनै विमानमार्फत ।
खोला (नाला झरना सिन्चित धर्तिलाई
गगनचुंवी हिमश्रृँखलाको परिलाई
भोलि छोड्नुपर्छ
यो रात अन्तिम रात जस्तै हो
मेरो निम्ती
पलायनक लागि होइन
२,३,४ बर्षको अवधिका लागि
नयाँ प्रयोग, नयाँ शैलिको सिप सिकी
स्वदेश फिर्ती हुँदा,
देश नयाँ मोड्मा पुक्छ की !
कल्पिँदै, भोलि यतिबेला
देश छोडिसक्छ होला
त्रिभुवन विमानस्थलबाट
कुनै विमान मार्फत ।
– भुजुङ-३, लम्जुङ हाल:कतार
(स्रोत : Unn.com.np)