~लेखनाथ काफ्ले ‘राजन’~
कती ठुला सपना बोकेर जन्मन लागेको थिए
भाईभाइलाई भिडाएर, मेरी आमालाई लातले हान्न लगायौ
त्यही पारीको मान्छेलाई आफ्नो नजिकैको ठानी
मेरी आमालाई प्रसव पिडामा पारेर मलाई तुहाइदियौ
हो म जन्मन चाहेको थिए
मलाई केन्द्रिय राजधानीमा मात्र सिमित हुन मन थिएन
कालिकोटकी दर्जिनी दिदिले बनाएको मिठो प्रसाद धेरैलाई बाड्न मन थियो
सिराहाको चमार दाइले बनाएको स्वादिलो मासु धेरैलाई खुवाउन मन थियो
अनी धनकुटाको सुब्बा बाजेले बनाएको तोङ्बा धेरैलाई चखाउन मन थियो
हो म पाइला टेक्न चाहन्थे
मलाई पक्की बाटो भएर जुम्लाको स्याउ टिप्न जान मन थियो
तमोर नदिमा धेरै पर्यटकहरुसगै रयाफ्टिङ गर्ने ठुलो रहर थियो
ति डोल्पाका जङगलहरुमा सजिलै यर्सागुम्बा, पाचऔले टिप्ने इच्छा थियो
अनी कपिलबस्तु भएर आकासेयानमा सबार भै संसारको धेरै ठाउँ घुम्ने सपना थियो
हो म हुर्कन पनि चाहेको थिए
मलाई ति कलम बोक्ने हातहरुलाई यही रोक्नु थियो
मजदुरका गर्हौ भारीहरुलाई एक काध हालेर बोक्नु थियो
कानुनको तराजुमा सबैलाई समान बनाएर जोख्नु थियो
अनी बिकासका प्याकेजहरुलाई मिलाएर सबैतिर पोख्नु थियो
तर , तिमीले आफनो स्वार्थमत्र हेरेर , सबैलाई रुवायौ
छिमेकिको लहलहैमा लागेर आफ्नो दाजुभाइलाई बैरीझै बनायौ
कालो पट्टी आँखामा बाधेर आमालाई अन्धाधुन्द चुट्न थाल्यौ
अनी मेरा इच्छाहरुलाई निमिटान्न पारेर मलाई तुहाइदियौ
June 27, 2012
(स्रोत : रचनाकारको ब्लगबाट सभार)