रातो गुलाव जब सबको हात हातमा हुनेछ
प्रेममा बलिदानको चर्चा हरेक बातमा हुनेछ
प्रेमको जीत भएको दिन प्रेम दिवस मनाइदै छ
भ्यालेन्टाइनको जन्म सबै जात जातमा हुनेछ
सुन चांदी भन्दा ! गुलाफको चर्चा छ बजारमा
जति तारिफ जुनकीरीको कालो रातमा हुनेछ
त्याग तपस्या र बलिदानले प्रेम जिवित हुन्छ
प्रेमको अन्त्य केबाल बिश्वाश घातमा हुनेछ ।
तिम्रो दिलको बगैंचामा फुल्न दियौ भने मलाई
राजन कल्पित सधै तिम्रो साथ साथमा हुनेछ
राजन “कल्पित”
पोखरा, नेपाल / हाल: कुवैत
(स्रोत : गजलकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )