~जय गिरी~
कुन देशमा जान्छौ यात्री कुन धरती पाउने हो
कस्ता सामग्री भेटिने हुन् साथमा को आउने हो
विवशहरुका कांधमा बन्दुकको नाली राख्ने हो
हाडहरुले डांडा छोपिए मांसपिण्डका फांट भए
मस्तिष्कमा भूस भरिए इन्द्रियहरुबाट ज्वाला खनिए
नसामा बग्ने रगत झैं नदिनालाका धार
कुन देशमा जान्छौ यात्री त्यो विरानो द्धार ।
मन भित्रको िसंहासनमा नरभक्षिको भयो राज
चेतनको ज्योति हिरण्मय बरालियो अन्धकारको माझ
सुन्दर शान्त मन्दिरझै मेरो धरती कहां हरायो आज ।
भित्र नियाल्न छोडे सबले बाहिरके गर्दैछन्
गहिराइलाई चिन्न छाडे सतहमा डुब्दैछन्
के को चरम खोजी हो बारुद किन पड्काउदैछन् ।
आफन्तपनि शत्रु झै भए छैनन् कोहि साथ
काम सुनौला गर्ने अब रगत बगाउने भए हाथ
तिलस्मी करले होइन आज त्रासले छुन्छ माथ ।
शुन्य सडकमा गांउछे चरी विरही तानामा
सुनिन्छ गरिबको विवशता पीडा दुखःको गानामा
अन्धकारनै अन्धकार नेपालीहरुका कानामा
कुन देशमा जानेहो कसरी बस्ने विरानामा ।
फर्क फर्क हे सबै फर्क निर्दोषहरुलाई जिउन सघाऊ
मलम लगाऊ आर्तहरुको चहराइरहेको घाउ
िहंसाको कठोरपना होइन शान्तिको मुहार देखाऊ ।
िहंसाको कठोरपना होइन शान्तिको मुहार देखाऊ ।
महाकविको स्वच्छ मन्दिरलाई भत्काउने दुश्प्रयासको लागि म क्षमाप्रार्थी छु
– विराटनगर (हाल साप्पारो, जापान)
(स्रोत : INLS.Org