~मदन दुलाल~
बालक मार्यौ,पायौ के? तालिवान
निर्दोष गाल्यौ,गायौ के? तालिवान।।१
बिचरा निर्दोष अबोध दुधे बालक
निस्फिक्रि ढाल्यौ, लायौ के? तालिवान।।२
कखरा पढ्न गएका कलिला कोपिला
नफुली झार्यौ, गायौ के ? तालिवान।।३
चम्किला ति देशका भोलीका पिडीलाई
धरापमा पार्यौ,सोच्यौ के? तालिवान ।।४
दिसम्बर २०१४ पेशावार पाकिस्तानमा भएको हत्याको बिरोधमा लेखीएको ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )
