“वीर सहिद अमर रहुन”
“प्रजातन्त्र अमर रहोस ”
सहिद दिवसको दिन थियो । बाजागाजाको साथमा उर्लदो नारा लगाउँदै जुलुस अघि बढिरहेको थियो ।
कोठामा लुगा फेरिरहेकी आमाले यो आवाज सुनिन । आमा उनी सहिद जीवनकी आमा थिईन् । उनलाई समारोहमा जानु थियो । आयोजक समितिका सदस्यले बिहान भनेका थिए “आजको जुलुसमा आमा तपाई अघि लाग्नु पर्छ है “।
आमाले झ्यालबाट बाहिर हेरीन जुलुस टाढा थिएन । हत्तपत्त लुगा फेरी सकिन् । जुलुस आँगनैमा आईसकेको थियो ।
आमा हत्तार हत्तार माथिबाट ओर्लिन । उनको मनमा नजानिदो उत्साह उर्लिरहेको थियो । एक्लो छोराको हत्यामा आज शोक थिएन बरु गर्वले छाती फुलेको थियो ।
बच्चाहरु जुलुसमा मिलिसकेका थिए । आमा पनि ढोकाबाट निस्किईन् । अकस्मात उनको आँखा देव्रे हातमा सहिद जीवनको तस्वीर बोकेर दाहिने हात हावामा फ्याँक्दैं नारा लगाईरहेको चतुरमानमा पर् यो । चतुरमान उही चतुरमान थियो जसले जीवनलाई पक्राउन तीनपल्ट हतियार बन्द पुलिस ल्याई घरको कुना कुना खोजेको थियो । जीवनलाई शिक्षक पदबाट खोसाएको थियो । मरणासन्न पारेर चुटाएको थियो । उही चतुरमान जोडले नारा लगाउँदै थियो “वीर सहिद अमर रहुन” ।
आमालाई भाउन्न भयो । उनको अगाडि संसार फन्फनी घुम्न लाग्यो । मुटु मै वाण लागेको मृगिणी सरह आमा घुप्लुक्क ढलिन ।
“के भो ? के भो ?” मानिस झुम्मिए ।
आमालाई के भयो ? यो कुरा बुझ्ने मानिस सायद त्यहाँ विरलै थिए ।
भोजपुर
(स्रोत : KhassKhass.com )