कथा : अमृतकुण्ड

~महेशबहादुर क्षेत्री~

शिवरात्रीको दिन, चिसो मौसममा विहानैदेखि तलाउमा स्थान गर्नेहरुको भीडभाड देखिन्छ । शिवप्रतिको अगाढ आस्थाले सारा जग नै आफूलाई धन्य महसुस गरिरहेको छ । भक्त तथा दर्शनार्थीहरुको भीडभाड विस्तारै बढ्दै गइरहेको छ ।

यत्तिकैमा दुइ जना दर्शनार्थीको आगमन हुन्छ । सुन्दर मुस्कानका साथ एकअर्काप्रति अनविज्ञता प्रकट गर्दे अगाडि बढिरहेका छन् । तर चञ्चल आँखा तथा अनुहारमा उत्सुकताको स्पष्ट संकेत देख्न सकिन्छ । युवतीको शिरमा लालीगुराँस फूल सजिएको हुन्छ । विशेषतः गाउँले परिवेसमा हुर्किए कि जस्ती देखिए पनि सहरी फेसनको प्रभाव पाउन सकिन्छ । जेहोस् छाडापनको अवशेष कहिँकतै नभए कि यी सुन्दर वाला गाउँ तथा सहरको उचित समिश्रण हुन जस्तो लागिरेहेछ ।

” तिम्रो नाम ………. – ”
अनायसै आएको मुस्कुराहटसँगै प्रश्न जोडिएर आउँछ । “कुसुम”, केटातर्फ नहेरी जवाफ आउँछ । केही छिनको सुन्यतापछि ” अनि आफ्नो नि………. ? ”

मलाई यस्तो वातारण साह्रै मनपर्छ, उसले भन्यो । डाँडामाथि यस्तो ठूलो तलाव, यति राम्रो हरियाली, शान्त वातावरण तथा भक्तहरुको शिवप्रतिको लगावदेखि मलाई कता-कता अद्भूत अनुभूति भैरहेछ । “एउटा कुरा त भन्नै विर्स्यौ तिमीले”, कुसुमले भनिन्, उता, उत्तरपट्टि हेर त…………. ।

“हो त”, विचमै विपिनले रोकेर भन्यो । लहरै मिलेर बसेका चाँदीका पहाडहरु म कसरी बिर्सन सक्छु । “अँ यहाँ अरु के- के छन् हेर्न लायक ? तर मन्दिर नजिक हुनुपर्छ नि केटी”- विपिनले भन्यो । ” गुफा”, कुसुनको छोटकारी उत्तर ।

” मात्र एउटा ठाउँ” ?
“मलाई थाहा भए जति गुफा मात्रै हो । ”
“मैले पत्ता लगाएँ, हेर्ने लायक काहाँ के छ भनी । ”
तत्कालै कसुसमले सोधनि, “के छ भनन फेरी ।”
“तिमी !! “विपिनले हाँस्दै भन्यो । हेर्ने लायक मध्ये तिमी पनि एक छौं जस्तो मलाई लाग्यो । भेटेको छोटो समयमै विपिनले आफूप्रति गरेको घुमाउरो ठट्टाले कसुसमको मनमा ठूलो हलचल मच्चा ३ दियो ।
“त्यति सारो टेप्नु त हुँदैन नि हो”, उनले भनिन् “मन्दिर परिसरमा पनि कसैले झुटो बोल्छ र”, बोल्छ र”, उस्ले थत्यो ।
” ल, ल, ठिक छ, ए साँच्चि मेरो साथीहरु आउँछौं, भन्दै थिए, कति बेला आउँछन् कुन्नी कुसुमले प्रसङ्ग बदलन चाहिन । हामी साथीहरुले आजभित्रै गुफासम्म जाने यो जना बनाएका छौं । त्यसैले महर्च पनि सँगै बोकेर ल्याएकी छु ।”
“के म तिम्रो साथी भएन र अब -” उस्ले सोध्यो । “साथी नै हो तर केटा साथी र केटीसाथी बीचमा फरक हुन्छ नि ।”
“के म तिम्रो साथी भएन र अब – ” उस्ले सोध्यो । “साथी नै हो तर केटा साथी र केटी साथी विचमा फरक हुन्छ नि ।”, उनले भनिन् ।
के म तिम्रो साथी बन्न सक्छु – ” उले अनायसै प्रश्न तेर्सायो ।
” ओ के”, उ घडीतिर हेर्ने थाली ।
” आउँदै होलान्, कुर्दै गरन है तर म चाहिँ हिँडे”, कस्ले वाहना बनायो ।
” कता ? ”
” तिमीलाई साथीको मात्रै चिन्ता छ , म त टाढाबाट आको छु । धेरै ठाउँ हेर्नु डुल्नु बाँकी छ ।”
” ह्या ! बस न बस, गुफासम्बन्धी किम्वदन्ती सुन्ने हो । उनको मन अनायसै परिवर्तन भयो । धेरै वर्षपहिला एक जना मानिस यहीँ गुफाभित्र पसेको थियो रे भित्रैसम्म, हाम्रो यहाँ प्रचलित किम्वदन्ती उसले पनि सुनेको थियो । ”
” के किम्वदन्ती – ” प्रसङ्ग सच्चाएर अगाडि लान खोज्यो विपिनले ।
” त्यही क्या, गुफाभित्र रहेका दूधको धारा र अमृतकुण्डको बारेमा । अनि देवीदेवताका थुप्रै मर्ूर्ति पनि त्यहाँ छन् रे ! थाहा छ, त्यो स्थानसम्म पुग्न चोखो मन भएको हुनुपर्छ । थुप्रै भक्ति गर्नुपर्छ । पूजा तथा प्रार्थना गर्ने व्यक्ति मात्रै त्यहाँ पुग्ने गर्छ रे । यदाकदा केही दूधको धारासम्म पुगे पनि असुद्धभएका कारण बाहिर निस्कन बाटो नै पाउँदैन । गुफाभित्र पसेको त्यो मानिस पनि असुद्ध भएकै कारण बीस दिनसम्म गुफाभित्रै अल्मलिएर रहेको थियो । ”

” बीस दिनसम्म के खाएर बाँच्यो त -” उस्ले सोध्यो । “भित्र उम्रिएका विभिन्न जडिबुटी तथा रुखका बोक्रा खाएर बाँचेको थियो । ”
” हामी पनि हेर्न जाउँ न, हुन्न -” उस्ले सोध्यो ।
” अहँ, म तपाईसँग जान्न । ”
” किन ? ”
” किनकि तपाई चोखो भएर आउनु भा’ छैन । ”
” विश्वास गर मेरो मन चोखो र विशुद्ध छ । म शिवलाई ज्यादै नै मान्छु, त्यसले त पूरा तयारीमा आएको हुँ । ”
” त्यसो भए जाउँ न त !” विपिनले भन्यो ।
” तर हामी अमृतकुण्ड चाहिँ देख्न सक्तैनौं । त्यसको लागि एक वर्षदेखि नै शुद्ध भएर बस्नुपर्छ । ” ” अनि मूर्तिहरु नि”, उस्ले फेरी सोध्यो ।
” मूतिहरु त दूधको धारा भन्दा पहिला नै देख्न सकिन्छ रे !”
कुरा गर्दागर्दै उनीहरु कतिवेला गुफाको मुखमा पुगे थाहै भएन । सायद यी दुइ बाहेक कुनै तेश्रो अदृश्य शक्ति पनि पैदा भइसकेको थियो । जो यिनीहरुलाई अचेतनमै गुफाभित्र डोर्याइरहेको थियो ।
गुफाको प्रवेशद्वारमा श्रद्धालू भक्तजनहरुको भीडभाड देखिन्छ । व्यवस्थापकहरुले गुफाभित्र पस्न दुइ कतार बनाएका छन् । एकातर्फ महिला र अर्कोतर्फ पुरुष !

” हामीले अब दुइतर्फबाट भएर गुफाभित्र छिर्नु पर्नेछ । “उस्ले भन्यो । कता र सँगसँगै गर्दा नि हुन्थ्यो भन्ने भाव दुवैको मुहारमा स्पष्ट झल्किरहेको थियो ।
करिब आधा घण्टासम्ममा २० मिटरको भौतिक दुरीले एकअर्काको प्रतिको लगाव गुणात्मक रुपले परिवर्तन भएको पाइयो । भौतिक दुरीको अवस्थाले गर्दा मानसिक सम्मोहनबाट सिर्जित परिवेसमा कुनै महान क्रान्तिकारी घटना घट्न सक्ने अनुमान दुवैले लगाइरहेका थिए ।
अधिकांस दर्शनार्थीहरु प्रवेश स्थानबाट गुफाको दर्शन गरी र्फकने गर्दछन् । कमैले अलि-अलि भित्रै सम्म जाने हिम्मत गर्छन् । मूर्तिहरु दूधको धारा र अमृतकुण्डको अनुभव बटुल्नेहरुमा सयौं वर्षमा एउटा । दुइटा मात्रै हुने गर्छन् ।

खल्तीबाट रु.पाँचको सिक्का निकाली नजिकै आसनमा बसेको पण्डिलाई दिँदै उसले भन्यो, ” हामीहरु अमृतकुण्ड दशृन गर्ने गइरहेछौ भित्रैसम्म । ” । पण्डितले सिक्का खल्तिमा हाल्यो र चन्दनको टिका निधारमा लगायो । यस्तै फूल दुवैको हातमा दिँदै ऊ आफ्नो कर्मकाण्ड पट्टि लाग्यो ।
” कुसु ? ”
” हँ”
” पानि चुहिरहेछ त ”
” यस्तै हो क्या, गुफा भित्र । ”
” चिप्लो पनि,विपिनले थप्यो ।
करिब २० मिटर भित्रसम्म प्रकासको व्यवस्था गरिएको छ ।
“विपिन, अब अँध्यारो आयो । ”
“हो, त, खै- खै तिमीले र्टच ल्याछु भन्या होइन ?”
” हो ……. , एकैछिन पर्ख है, भन्दै उनी टर्च निकाल्न थालिन् ।” “ओ ग्रेट, कति धेरै उज्यालो दिएको !” “टाउको ठोक्किएला है विपिन,
विपिन उता हेर त, ऊ त्यो साँघुरो बाटोमा कसरी छिर्दै तिमी । ”
“छिरिहालिन्छ नि, म त्यति धेरै मोटो छैन ।”
“र्टच नखसाउ है, डुबिन्छ । ”
“ल…..ल, ए साँच्चि, लेउ तिमी नै मोटो छैन । ”
“र्टच नखसाउ है, डुबिन्छ । ”
“ल….ल, ए साच्चि , लेउ तिमी नै समात । ”
“विस्तार-विस्तारै है…. । ”
“लेउ, तिम्रो हात देऊ । चिप्लिएला नि फेरि । ”
उनको हात समाउँदा किन उसलाई र्टच निभाउदा नि उज्यालो बाँकी रहन्छ,जस्तो लाग्यो – किन गुफाभित्रको त्यो सुन्यतामा कोलाहल मच्चियो । म यसै भन्न सक्तिन ।

” एक हातमा र्टच अनि एक हातमा म, तिमी कसरी अगाडि हिन्न सक्छौं । छोड म तिम्रो काँधमा टेकिन्छु ।
दुवै हातमा तिमी नै तिमी भए जुनसुकै निष्पठ्ठ अँध्यारोलाई पनि चिरेर अगाडि बढ्न सक्छु, भन्ने कुरो भन्ने मात्रै सकिरहेको छैन ।
” ओहो, कस्तो चट्टानै-चट्टान । कस्ले बनायो- होला है यो बाटो । ”
॒॒॒॒॒॒॒॒
“हँ…. !”
.”सिंहले, विपिन फेरि बोल्यो ।
” डराउने कोशिस नगरहै, मलाई डर लाग्दैन ।”
” सिंहसँग हिँड्दा खेरी डर लाग्छ र कहिँ । ”
” ल, ल… । “” ए ! विपिन हामी कहाँ पुग्यौं । ”
विपिनको ध्यान प्रश्नपट्टि गएन, बरु कसुमको सम्वोधनमा आएको परिवर्तनले उसलाई सोच मग्न बनायो । उनीले पहिलो भेटमा तपाई भनेर सम्वोधन गरिन् । त्यसपछि तिमी हुँदाहुँदै ए! भनेर सम्बोधन गरिन् । सम्वोधनको यो प्रक्रिया मर्यादा प्रधानताबाट प्रेममयतातर्फो रुपान्तरण हो भनी उसले बुझ्न थाल्यो । ” मैले के भनेँ – सुनिनौं ! ”
” ए…. सुनेको हो ।”
“घडी हेर त, घडी, कति भयो समय ? ”
“दश बज्यो । ”
” हामी आएको एक घण्टा बितिसक्यो करिब आधा किलोमिटर दूरी पार गरेको हुनर्ुपर्छ । ” ” विपिन, मलाई डर लागिरहेछ । ”
“मैले भने नि, सिंह तिम्रो साथमा छ, फेरि के को डर “सिंहले कहिलेकाहीँ आफ्नै सिहनीलाई झम्टेको मैले नेशनल ज्योग्राफी च्यानलमा देखेकी छु । ”
” म नरसिंह हुँ, झम्टिने होइन, उद्धार गर्ने गर्छ ‘तीखा नङ्ग्रा होइन, प्रेममय हातहरु दिने गर्छ ‘परिआए हिरण्यकश्यपु जस्ता राक्षसको पनि विनास गर्ने गर्छ’
” ऐय्या …. !!!” कुसुम चिच्चाई
” के भो – ”
” टाउको ठोक्कियो नि ! ”
” मजस्तै सम्हालिएर आउन” भन्न नपाउँदै विपिन चिप्लिएर लड्यो ।
” के भो – ”
” चिप्लिए नि । ”
” टर्च किन बन्द गर्यौ – ”
” एकछिन है ! खोजिरहेछु, हातबाट फुत्क्यो क्या । ”
“ल, अब बर्वाद भो, अँध्यारै, अँध्यारो छ, के गरी खोज्ने होला । ”
“तिम्ले सलाई ल्याका छौं । ”
” पहिले तिमी कहाँनेर छौं भन, मलाई तिम्रो हात देउ न । ” यो अँध्यारोमा मलाई साह्रो डर लागिरहेछ क्या । ”
” केको डर विपिनले हाँस्दै भन्यो ।
“नजिस्कन, तिमी कहाँनिर छौं -”
” तिमी मलाई खोजि रा…. हो -” त्यसो भए म बाटो बताउँदै गर्छर् “तिमी त्यो बाटो पछ्याउँदै गर है ।” ” ल !”
” तिम्रो दुवै हात अगाडि गर । ”
” अगाडि गरे । ”
” अब विस्तारै ती हातहरु आफू भएतर्फलग र आफ्नो छातीमा लगेर राख । ”
” राखेँ …..।”
” ढुकढुक भइरहेछ ? ”
” छ , किन – ” उनीले बुझ्न सकिनन् । ”
” हो, …. त्यो मुटुको ढुकढुक हो र म त्यहीँ गएर बसेको छु । ”
प्रत्युत्तरमा कुसुम केही पनि बोल्न सकिनन्, यो जिस्क्याई होइन, ऊ स्तब्धप्रायः भइन् । कुमारीको मन्दिरमा अनन्य भक्तिभाव लिएर कोही पूजा गर्न निस्किरहेछ, विचरा ! उनी कसरी तिरस्कार गर्न सक्थिन् र !”
” आहा…… मैले मूर्ति भेट्टाएँ ! उनको बोलाइमा खुसीको स्पष्ट संकेत मिल्दथ्यो । “कुसु, कस्तो छ मूर्ति । मूर्तिको जवाफ छैन, के भनूँ म तिमीलाई, मैले सोचे जस्तो छ, मैले चाहे जस्तो छ ।
“पहिले नै देखिसक्यो जसरी यो कुरो गरिरहेछौं, यस्तो अँध्यारोमा कसरी थाहा पायौ त्यो कस्तो छ । ” यो मूर्ति मेरो लागि भगवान् हो । चारैतिर अँध्यारो भएपनि मेरो अर्न्तमनमा यसको तस्वीर झल्झली देखिन थालेको छ । यो मूर्ति बूढानिलकण्ठजस्तै लम्पसार परेर पल्टेको छ र म यो मूर्तिमाथि खेलिरहेछु ।
अहो ! कस्तो हृष्टपुष्ट छाती, म यो अवस्थाको वर्णन गर्न सकिरहेकी छैन । कस्तो अनुभूतिमा रुमलिएको जस्तो मुहार… । यस्तो लाग्छ, आफ्नो प्रेमिकाको अनन्त तृष्णामा सृजित एक एक भावभङ्गीमाको रसपान गरिरहेछु ।
“कुसु, मैले नि फेला पारेँ । ”
“के एउटा अर्को मूर्ति क्या !”
” हो र ! कस्तो छ – ” “अनुत्तरित………” ” म धन्य भएको छु, शिवले यति सुन्दर मूर्तिको दर्शन गराएँ, म उहाँप्रति कृतज्ञ छु, भगवान्ले फूर्सदमा यो मूर्ति मेहनत गरी बनाएको जस्तो छ । थाहा छ कुसु ! म यो मूर्ति हेर्दाहेर्दै पनि युगौं विताउन सक्छु र अलौकिक सुन्दरता बोकेकी यी शक्ति स्वरुपिणी देवीको चाहना भए, म केही क्षणमै युगौं सिध्याइदिनेछु । ” विपिन, यो मूर्ति भेट्टाएदेखिन् मलाई कति पनि डर लागिरहेको छैन। यो कालोकालो राक्षसरुपी अन्धकार समाप्त गर्न साँच्चिकै भगवान्को अवतरण भएको छ । ”
” भगवान् भनी सिंह त भेट्टाएकी छैनौं नि !”
” सिंह होइन, नरसिंह ।”
” कुसु, ओ…. कुसु…. । तिमी किन बोल्दैनौं । मैले दूधको धारा भेट्टाएको छु । दूध निस्कने धारा कति विचित्र किसिमको, यस्तो सिंगमरमर कहाँ पाइन्छ होला ! चिसो गुफाभित्र यो किन यति तातो छ, धन्य छौं भगवान् ! तिम्रो कलाकृति अनुभव गर्न पाउँदा म निशब्द गएको छु । ”
“कुसु ! तिमी बोल्दैनौं हैन । ”
” ऊ कसरी बोल्न सक्थी, ऊ त आफ्नो देवमूर्तिमा परमआनन्द महसुस गरिरहेकी छे । ” ” विपिन, म मेरो भगवानलाई अंगालेर बसेकी छु । म उसको प्रत्येक अंगअंग चुमिरहेको छु । म उसमा भएको कणकण अनुभव गर्न चाहिरेकी छु । किनकि म उसलाई प्रेम गर्न पुगेकी छु । ”
” भगवान् तिम्रो गहिर्राईसम्म पुगोस् , मेरो शुभेच्छा छ, तर म अब इश्वरको पवित्र प्रसाद ग्रहण गर्न गइरहेको छु, जो दूधधारबाट अविरल रुपमा बगिरहेको छ । म मेरो शिरभरि र्छकन चाहन्छु । यो धारामा म स्नान गर्न चहन्छु । म त्यो दूध ग्रहण गरी पापमुक्त हुन्छ चाहन्छु ।
दुवै परमआनन्दमा लिप्त भइरहेका छन् । चारैतिर अँध्यारो भए पनि उनीहरुलाई कहीँ कतैबाट भय छैन । उनीहरु दुवैले कसैको सहारा पाइसकेका छन् । यस्तो पृथक ठाउँमा आएर प्रकृतिको अनुपम कलाकृतिको अनुभव गर्न पाउँदा होसहीन हुँदैगइरहेका छ्न । ती मूर्तिहरुमा कुँदिएको कलाकारिताले जनातिर जान्छ, त्यतैतिर हुँइकिरहेका छन् ।
“कुसु, म अमृत सेचन गर्न गइरहेको छु । ”
” मैले बुझिन । ”
” अब म अमृतकुण्डमा गइरहेको छु । मेरा उत्कण्ठाहरुले सीमा नाघ्न थाले । आशा, छ त्यहाँसम्म् पुग्न तिमीले मलाई साथ दिनेछौं । आनन्द अनुभूति प्रतिका मेरा संवेगहरु कृपया तिमीले रोक्ने कोशिस गर्ने छैनौं । भनिन्छ- अमृत पान नै अमर हुने सर्वोत्तम उपाय हो, यसैले म अमरत्व प्राप्त गर्न चाहन्छु ।” ” विपि… अमृतकुण्ड हेर्ने इच्छा मेरो पनि नभएको होइन, म पनि त्यो अमृतरस सेचन गर्न लालायित छु, तर अमृतकुण्ड दर्शन गर्न यो उपयुक्त समय होइन । अहिले हामी दुवै अशुद्ध छौं, यो अवस्थामा जोखिम उठाउनु ज्यादै नै खतरनाक हुनेछ । कुनै पनि अनर्थ हुनसक्छ । के तिमी त्यो किंवदन्ती बिस्र्यौ ? त्यो व्यक्ति त दूधको धारासम्म मात्र आएको थियो तै पनि बीसदिनसम्म अँध्यारोमा भड्किरह्यो । हामी अमृतकुण्ड जाने कुरा गर्दैछौं । वर्षौ अँध्यारोमा रहनुपर्न सक्छ ।
(एक वर्षछि)
दुवैले विवाह गरेका छन् । प्रेम हुँदै एरेन्ज भएको कुरा उनीहरु गर्छन् ? सोध्नेहरुलाई । विवाहको पहिलो दिन आज सुहाग रात छ । चारैतिरबाट रङ्गीचङ्गी सजिएको कोठामा थरिथरि प्रकाश भएका बत्ती बलिरहेका छन् ।
“कुसुम….- ”
“हजुर .. । ”
“बत्ती निभाइदेउ न”
” किन, यति छिट्टै बत्ती निभाउने – छ्या ! मान्छेहरुले पनि के भन्लान !”
” निभाउन न निभाउ । आज फेरि अँध्यारो गुफाको यात्रा गर्नु छ क्या । एक वर्षेखि निनोचोखो भएर बसेको छु । पूरा वर्षभरि भक्तिभाव र पूजा गरिरहेको छु- देवीको । म एकदमै विशुद्ध छु, आज मैले अमृतकुण्डमा स्नान गरेरै र्फकने योजना बनाएको छु ।
” अमृत सोचन गरेपछि अमर भइन्छ भन्नुहुन्थ्यो त तपाइँ” बत्ती निभाउँदै कुसुमले भनिन् । ” हामी त्यसको प्रमाण एक वर्षभत्रै पाउने छौं,- विपिनले मादक शैलीमा भन्यो ।
अमरत्व प्राप्त गर्ने सुलभ अनि सुन्दर अभ्यास अब यहाँ सुरु हुनेछ । कुसुमले भने कम्बल ओढ्नुभन्दा पहिले नै लाजको घुम्टो ओढिसकेकी थिइन् ।

(स्रोत : Americadarpan.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.