बिकटपुरका वासिन्दाहरुमा अचानक त्रास छायो । त्यस दिन अनायसै एक हुल सैनिक पोशाक लगाएका जवानहरु आएर भने-”अबदेखि यहां हाम्रो आदेश चल्छ । आजदेखि सबैले हाम्रो भजन गाउनु । भजन गाउनेहरुले भविष्यमा राम राज्य पाउनेछन् । विरोध गर्नेहरु यमराज्यमा पुग्नेछन् ।” यस्तो आदेश दिएर उनीहरु चोरबाटो लागे।
त्यस घटनाको केही दिन बित्न नपाउंदै सैनिक पोशाक लगाएका अर्का एक हुल जवानहरु आएर कड्के-”यस वस्तीमा नयां भजन गाउन थालेको कुराको सुराकी पाएकाछौ । खवरदार † कसैले नयां भजन गाउला, पुरानै राग अलाप्नु । अन्याथा मृत्युलोक पुग्नु पर्ला।” यती खबरदारी गरेर उनीहरु अर्को बाटो समाए।
दुःख र अभावको आफ्नै राज्य हो भनि ठान्दथे त्यस बिकटपुरलाई। पींडा र विरहको गीत संधै गाउंदथे । त्यहीं रमाई रहेका थिए दुखी नै भए पनि।
शान्ति र अमनचयन बन्दुकको नालमा सिउरेर आफ्नै अगाडि हिंडेका मानविय संवेदना नभएका शिकारी जस्ता मानिसका आकृति सम्झंदा आतंकित भए । बितेका दुइ घटनाबाट त्यस बिकटपुरका बासिन्दामा त्रास छायो ।
दुःखै-दुःख, पीडा, अभाव र गरिवीको बीच बांचिरहेका त्यस गाउंका वासिन्दालाई अर्को महादुःख थपियो । उनीहरु अहिले धर्मसंकटमा छन् कुन दुःखमा रमाउने भनेर ।
– बेल्जियम
January 9th, 2006
(स्रोत : HkNepal.com)