मेरी प्यारी कवियत्री ,
तिम्रा कविता पढी रमाउने मेरो मन
आज अझै फूरूक्कछु
धेरै भयो तिम्रा कविताका
भाबमा डुबदै अाएको
सुन्दर बिम्ब सजीएका
शब्द मिठासको चास्नी
फुलै फूलमा डुल्ने भमरा झैं
तिम्रा हरफहरूमा अल्झन्थें
तिम्रो किताब पढ्ने अहोभाग्य जुर्यो
त्यसमा तिम्रो जन्मस्थल पढें
चिन्नै मुस्कील भयो
तिमीले जन्मथर हराईछेउ
उपहारमा अर्कै मिलेछ
यसमा मेरो बधाई सुईकार
कस्तो अचम्म हाम्रो जन्म
एउटै गाॅउ ,एकै ठाॅउ
तिन दसक पछी आज
तिम्रा कबिताले चिनायो
एकै कुवाको पानी पिएका हामी
एउटै स्कुल पढेका हामी
बिर्सेउकी हामी लजाएको
छुट्टीमा बेसी झर्थेउ
तिम्रो आमा भेट्न भनी
म पनी त बेसी झर्थें
मेरी आमा भेट्छु भनी
बगैचामा आँप पाक्थ्यो
बर्षे बिदा हामी बेसी झर्दा
सम्झनछु डराएको झिकुखोला तर्दा !
राज थापा
आयरल्याण्ड
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘मा पठाईएको । )