यात्रा संस्मरण : हुरीसँगको एकरात

~सकु थापा~

नचलेका हैनन् हुरीहरू जीवनमा भनौ हुरीसँग अपरिचित थिइन म । उपत्यकाको खाडलमा बसेर पनि धेरै पटक हुरीको मारमा परेको छु म । एक पटकको कुरा हो, विद्यालय छुटेर घर र्फकदै थिएँ, । विद्यालयबाट केही वर आइसकेको थिएँ । एकाएक आकाश कालो बादलले ढाक्यो र अध्यारो भयो । अब कसरी घर पुग्ने, चिन्ता लाग्न थाल्यो । जसरी भएपनि पार गर्नै पर्थ्यो त्यो बाटो । हुरीले पनि गति लिन थालिसकेको थियो साथै पानी छिट्याउन पनि । दायाँबायाँ ओत लागेर बस्न कुनै घरहरू थिएन तर नजिकै इँटा भट्टाका छाप्राहरू भने थिए । त्यस समय पहिलो आवश्यकता भनेको साथमा रहेको कितावहरूलाई जोगाउनु अनि आफू पनि भिज्नबाट जोगिनु थियो । त्यसका लागि छाप्रोको ओतमा बसेर भिज्नुबाट जोगिनु थियो । साथीहरू सहित म पनि त्यतै लागें । इँटाहरूको चाङ लगाएर जस्ता पातालाई इँटा तथा बाल्न ल्याएको मुडाहरूले थिचेर बनाएका छाप्राहरू थिए । बेगले चलेको हुरीका सामु इँटा तथा मुडाहरू ती जस्ता पातालाई अड्याई रहन सक्ने अवस्था रहेन । फलस्वरूप हुरीले जस्ता पाता उचाल्न थाल्यो र थिचेका इँटा र मुडाहरू र्झन थाले । पाताहरूपनि उडाउन थाल्यो । हामीहरू त्यहाँ बसिरहनु उचित नभए पछि त्यो स्थान रुभmनबाट ओतिने ओत भन्दा ज्यानकै लागि जोखिम देखियो । ती जस्ता पाताले काट्ने वा छानामाथि राखेका इँटा तथा मुडाले लागेर घाइते हुनु भन्दा त भिज्नु नै जाति सोच्दै त्यहाँबाट रुझदै कुदेका थियो।

सूर्यविनायक स्थित ट्रलिबस पार्कमा खासै टाढा नभएपनि सारै टाढा लागेको थियो त्यस अवस्थामा । लगातार दर्किएको पानीबाट जोगिन ट्रलीबस भित्र बसेर ओतिएका थियौ। टौदहको नाग पनौतीको मेला भर्न जाने क्रममा पनि कालो बादल मडारिदै ठूलो हुरी र पानीका साथ जान्छ” भन्ने रुढीबादी भनाइ छ । मौसमी हिसावले आउने यस प्रकारको हुरीले पनि रुढीबादी भनाइलाई पुष्टि गर्न सहयोग गरिरहेको हुन्छ । यस्तै क्रममा कैयौ पटक छाना छाएका खर, जस्तापाता, टायलहरू उडाएको घटनाहरू नभोगेको हैन।

वैदेशिक सेवाको सिलसिलामा पुगिएको पश्चिम अप्रिmकी मुलुक सियरालियोन बसाईको क्रममा हुरीसँगको परिचय परिस्थितिलाई उल्लेख गर्न गएको हुँ । मोयम्बा जिल्ला सदरमुकाममा अवस्थित क्याम्प ज्ञानेन्द्रमा रहँदाको अवस्थालाई बताउन खोजेको हुँ । सात महिनाको बसाइको क्रममा भोगेको अनुभवकै आधारमा त्यहाँको हुरी बतासले निम्त्याएको अवस्थालाई उजागर गर्न लागेको हुँ । आन्ध्र महासागरको पश्चिमी किनारमा अवस्थित यो मुलुकले समुद्री आँधीको मार पनि खेपेकै हुनु पर्दछ । विश्वका कैयौ मुलुकहरू समुद्री आँधीले समुद्री किनार तथा टापुका बस्ती नै सखाप पारेको खवरहरू समय-समयमा संचार माध्यमबाट सुन्न नआएको हैन । तर यहाँको वास्तविकता भने अझै बुझन सकेको थिइन ।

त्यहाँको स्थितिलाई भन्नु पर्दा जहाँ हाम्रो क्याम्प खडा भएको थियो, गृहयुद्ध मच्चिनु पूर्व जिल्लाको प्रशासनिक कार्यालयहरू रहेको स्थान रहेछ । तत्कालीन अवस्थामा पुरै झाडी र जंगल बनेर वेवारिसे अवस्थामा रहेको थियो । उक्त स्थानलाई नेपाली शान्ति सैनिकले आफ्नो क्याम्पको लागि उपयुक्त स्थान छनौट गरेका थिए । त्यस स्थानमा ५ गोटा स्थायी भवनहरू रहे पनि सबै जीर्ण अवस्थाका थिए । ती भवनलाई मर्मत संभार गरी क्रमश कार्यालय, अधिकृत मेस, पदिक मेस र लेवल वान हस्पिटलका लागि प्रयोगमा ल्याइएको थियो । जवानहरूका लागि भने संयुक्त राष्ट्र संघको त्यस मुलुकमा शान्ति स्थापना कार्यको लागि खडा भएको युनामसिल मिसनले उपलव्ध गराएको पालहरू प्रयोग गरी बसोबासको व्यवस्था गरिएको थियो ।

बसाईकै क्रममा, मार्च महिनाको शुरुतिरको कुरा हो । त्यहाँको मौसम अनुसार बर्षा हुने क्रम शुरु भइसकेको थियो । त्यस्तैमा एकदिन, समय रातको १० बजे तिरको कुरा हो । जुनेली रात, ढकमक्क आकाशभरी उदाएका ताराहरू चम्किरहेका थिए । एक्कासी कालो बादल मडारिदै आएर आकाश ढाकिन्छ । चुक घोप्टाए जस्तो अन्धकार हुन्छ । डर लाग्दो पाराले बिजुली चम्कन थाल्छ । बिजुली चम्कदा मात्रै कुनै कुनातिरबार उज्यालो आएको भान हुन्छ । त्यसैक्रममा विस्तारै हुरी चल्न थाल्छ । त्यो भन्दा अगाडिका दिनहरूमा हुरी नचलेको त अवश्य हैन । तर पनि त्यस्तो घटना भने घटेको थिएन । हामीले आफ्नो जोगाउका लागि पालका काँटीहरू दह्रो पार्दै ठोकेका थियौं । केही ढुङ्गा बटुली काँटी अल्झाउने डोरीमा झुण्डाएका थियौं । त्यहाँको पत्थरिलो माटोमा काँटीहरू कडासँग गाडिदैन थियो तर पनि हुनसक्ने प्रयास गरेकै थियौं । म बसेको पालमा म लगायत अरु पाँचजना साथीहरू सुत्ने गर्दथे, त्यस रात दुइ साथीहरू डिउटीमा गएका हुँदा तत्काल त्यहाँ तीन जना मात्र बाँकी थियौं । हाम्रो पाल रहेको भन्दा ठीक अगाडिको पालमा रहने साथीहरू कामको सिलसिलामा अन्य क्याम्पमा गएको थिए । बाँकी रहेका दुइ जना मध्ये एक जना डिउटी गएको र अर्को एक फुटवल खेल्ने क्रममा खुट्टा मड्किएर घाइते भई प्लास्टर लगाएर त्यसै पालमा रहेको थियो । हुरीको क्रम बढ्न थालेपछि पालनै उडाउला झैं गरेर उचाल्न थाल्यो साथै पानी पनि दर्कन । हामीहरू जर्‍याक जुरुक उठ्यौं र भित्रैबाट पाललाई उड्नबाट रोक्न झुण्डिन थाल्यौं । पालभित्र राखेका दराज पनि पल्टन थाल्छन । एक्कासी हाम्रो भन्दा ठीक अगाडिको पाल आएर हाम्रो पाललाई थिच्न आइपुग्यो । त्यसको मारले त झनै हाम्रो पालपनि उडाउला झैँ गर्न थाल्यो । हामी त आफ्नो पाल कसरी जोगाउने भन्नेतिर लाग्यौं । अगाडिको पालमा रहेको साथीको अवस्था बारेमा त केही सोच्नै सकेका थिएनौं । एकै छिन पछि हुरीको गति केही मथ्थर भयो भने पानी चाहि परिरहेकै थियो । पाल बाहिर हल्ला सुनिन थाल्यो । अरु पालतिरबाट साथीहरू आएका रहेछन् । उडाएको अर्को पाल हाम्रो पाल माथि ल्याएर खप्टिएको रहेछ । हामी पनि बाहिर निस्कियौं बल्ल याद आयो, त्यो पालमा त एक बिरामी साथी पनि सुत्दथ्यो । अरु पाल तान्दै थिए एकजना पालभित्र छिरेर साथी खोज्न थाल्यो । त्यो पाल भित्र रहेका दराजहरू पनि ढलेको थियो । कतै साथी थिचिएको त छैन भनेर पो चिन्ता लाग्न थाल्यो । उसले प्रयोग गरेको बैशाखी पनि त्यही पल्टिएकै अवस्थामा थियो । संयोगको कुरा हो, पाल उडाउन लागेपछि खुट्टा पलास्टर गरेर बसेको साथी त हात टेकेर भएपनि भागेर अर्कै पालमा पुगिसकेको रहेछ । पाल उर्ठाई सकेपछि साथी त लठ्ठी टेकेर त्यहाँ देखा पर्‍यो । उ बसेको पालमा लगाएका विस्तराहरू सबै भिजेका थिए अनि दराजहरू सबै ढलेको अवस्थामा । उसलाई अन्यत्रै सुत्ने व्यवस्था मिलाएर हामी पनि सुत्न तिर लाग्यौ ।

त्यहाँको हुरीको अवस्थालाई हेर्दा पानी पर्नु अगाडि सानो होस् वा ठूलो प्रायः हुरी चल्ने नै गर्दो रहेछ । यस्ता हुरीले स्थानीय खरका छानाहरू पनि धेरै उडाएको देखिन्थे । जस्ता पाताले छाएका छानाहरूका जस्ता पनि धेरै परसम्म पुर्‍याएको देखियो । आफ्नो बास जोगाउन हामी धेरै पटक पालमा त्यसरी नै झुण्डिनु परेको घटना स्मरणमा ताजै छ । तर पनि पालै उडाएर थिचिनु भने परेन । हाम्रो क्याम्प समुद्री किनारभन्दा केही परको भागमै रहेर पनि त्यति ठूलो हुरीको मारमा पर्नु नपरेको हुन सक्छ । समुद्री किनारमा त जति साँझ पर्न थाल्छ त्यति चर्को रूपमा हुरीसँग छाल बढ्दै आउने गरेको देखेको थिएँ । उक्त स्थानको सात महिना बसाइको क्रममा हुरीबाट यस प्रकारको पीडा भोग्नु परेकै भएपनि यसलाई हुरीसँगको मीठो अनुभव कै रूपमा लिएको छु ।

-चरखण्डी, भक्तपुर ।

March 6th, 2006

(स्रोत : HkNepal.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नियात्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.